Monday, September 14

कृषि

सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि…

सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि…

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बाँस तथा बाँसजन्य सामग्रीको प्रवद्र्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न काठमाडौँमा सत्याग्रह बसेको चार महिनापछि सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गर्नुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत मार्गदर्शनले पहिलोपटक नेपालमा बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिएको छ । जसअनुसार बाँसबाट एकदेखि दुई तले आवासीय भवन, साना व्यावसायिक तथा औद्योगिक भवनहरू इन्जिनियरिङ डिजाइनका आधारमा निर्माण गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत भएको मार्गदर्शनलाई छिट्टै सङ्घीय मा...
साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना

साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ कातिक । साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तरगत बुधबार गाउँपालिका प्रमुख रविप्रकाश राईले औपचारिकरुपमा मेसिन सञ्चालन गरेर उद्योग स्थापनाको घोषणा गर्नुभएको हो । स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सृजना र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो उद्योग गाउँपालिकाको आर्थिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । उद्योग स्थापना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले लघुउद्यम र उद्योगहरूले युवालाई स्वदेशमै रोजगार दिने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतिमा टेवा पु¥याउने उल्लेख गर्नुहुँदै यस उद्योगबाट स्थानीय युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी बाँसका विविध उपयोगका सामग्री उत्पादन र बजार...
अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

#, अर्थ, कृषि, कोशी प्रदेश, समाचार, समाज
खोटाङ, २२ कातिक । यही कातिक–१५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौँ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ । केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका कृषकहरु यसअघि वर्षाले क्षति पु¥याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पु¥याएको धान थन्क्याउन यतिखेर किसानहरु खेत–खेतमा जुट...

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १४ कातिक । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरु चिन्तित बनेका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरु चिन्तित बनेका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरु भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताउनुभयो । “मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ । पाक्न लागेको अवस्थामा सबै ढलेर सोतर भएको छ”, उहाँले भन्नुभयो, “प्रमुख बालीको रुपमा लगाउँदै आएको धान सबै ढलेर सोतर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी छ ।” कृषकले लगाएको धानबाली पाकेर पहँेलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दरबन्दी बाहेकका सबै कर्मचारी हटाउने

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती भएका÷गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको यही असोज–२८ गते बसेको पूर्ण बैठकले नगरपालिकामा यसअघि करार सेवामा नियुक्त भएका कर्मचारी, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु (सचिवालयका)समेत तथा नगरपालिकाको अनुदानमा नियुक्त भएका शिक्षकहरुलाई आगामी कातिक–१ गतेदेखि लागू हुनेगरी हटाउने निर्णय गरेको हो । नेपाल सरकार (मन्त्रीपरिषद्)बाट असोज–५ गते निर्णय भएर आएको परिपत्रको आधारमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनुभएको छ । “स्वीकृत दरबन्दी बाहेकमा अस्थायी, करार तथा ज्यालादारीमा कर्मचारी एवम् शिक्षक नराख्ने निर्णय कार्यपालिका बैठकबाट पारित गरिएको छ । नगरस्तीय तथा वडास्तरबाट विनिय...

दिक्तेल–दुम्ली सडक बाह्रै महिना सञ्चालनमा ल्याउन जनश्रमदान अभियान

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २५ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित आचार्य गाउँका स्थानीयले सडक मर्मत गर्न जनश्रमदान अभियान सुरु गरेका छन् । दिक्तेल–दुम्ली–रतन्छा सडकखण्डमा पर्ने करिब साढे नौँ किलोमिटर सडक मर्मत गरेर बाह्रै महिना यातायात सञ्चालन गर्न स्थानीयले जनश्रमदान अभियान सुरु गरेका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित आचार्यगाउँको बसपार्कदेखि मेवाखोलासम्मको सडक जनश्रमदानमार्फत मर्मत गर्नका लागि स्थानीय मदन आचार्यको संयोजनमा दैनिक ६० जना स्थानीय सहभागी बन्ने गरेका छन् । दैनिक बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म करिब हप्ता दिनसम्म सञ्चालन हुने यस जनश्रमदान अभियानका क्रममा सडकका खाल्डाखुल्डी पुर्ने, ढुङ्गा हाल्ने र सडक सम्याउने काम भइरहेको अभियानका संयोजक आचार्यले बताउनुभएको छ । दिक्तेलस्थित आचार्य गाउँको बसपार्कमा शनिबार औपचारिक कार्यक्रम गरेर सुरुवात गरि...

वर्षाले सिंचाइमा गरेको क्षतिको विवरण उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ असोज । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङले यही असोज–१९ र २० गते आएको भीषण वर्षाका कारण जिल्लामा भएको क्षतिको विवरण उपलब्ध गराउन जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गरेको छ । खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको च.नं. १५६ मिति २०८२ असोज–२१ गतेको पत्रानुसार जिल्लाका दशवटै स्थानीय तहलाई दुई दिनभित्र क्षतिको विवरण उपलब्ध गराउन पत्राचार गरिएको डिभिजन कार्यालय खोटाङले जनाएको छ । डिभिजन कार्यालय खोटाङका अधिकृत उत्तर बजिमयले हस्ताक्षर गर्नुभएको पत्रमा वर्षाका कारण भएको क्षतिको विवरण, क्षति भएको स्थान, क्षतिको प्रकार र अनुमानित लागतसमेत उल्लेख गरेर विवरण उपलब्ध गराउन आग्रह गरिएको छ । देशभर भएको भीषण वर्षाका कारण जिल्लाका स्थानीय तहमा सञ्चालित सिंचाइ तथा नदी नियन्त्रण (तटबन्ध)मा भएको क्षतिको विवरण माग गरिएको डिभिजन कार्यालय खोटाङले जनाएको छ ।  ...

दिक्तेल रुपाकोट मझुवागढीमा मासुका लागि राँगापालन कार्यक्रम प्रभावकारी बन्दै

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकले दूधको लागि भैँसी पाल्दै आएपनि यसअघिसम्म मासुका लागि व्यवसायिक रुपमा राँगापालन गरेका थिएनन् । यतिबेला भने नगरपालिकाभित्रका कृषकहरुले केही ठाउँमा सामूहिक र केही ठाउँमा व्यक्तिगत रुपमा व्यवसायिक राँगापालन सुरु गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पर्ने यो नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा विनियोजन गरेको रु ४३ लाख बजेटमा कृषक समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सभागितामा उन्नत जातका राँगा खरिद गरेर वितरण गरेको थियो । तराईबाट खरिद गरेर ल्याइएका उन्नत जातका ४०० वटा राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ वटा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिनुभएको छ । पन्ध्र वडा रहेको यो ...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिविबीचमा सहकार्यका लागि समझदारी

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीचमा आपसी सहकार्य गर्नका लागि पाँच वर्षे समझदारी कायम गरिएको छ । ज्ञान, सीप र नवप्रवर्तनलाई परिचालन गर्दै सार्वजनिक हितमा सेवा गर्ने लक्ष्यका साथ नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीच आपसी समझदारी कायम गरिएको हो । शैक्षिक सहकार्य, प्रयोगात्मक अनुसन्धान र समुदाय केन्द्रित नवप्रवर्तनलाई अघि बढाउने साझा प्रतिवद्धतालाई स्वीकार गर्दै त्रिभुवन विश्वविद्यालयसँग आपसी समझदारी कायम गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । नगरपालिका र त्रिविबीचको दुई पक्षीय आपसी सहकार्यको माध्यमबाट वातावरण, कृषि, शिक्षा, जीविकोपार्जन, जलवायु सहनशीलता र नवप्रवर्तनमा जोड दिने मझदारी भएको छ । राजधानी काठमाडौँमा आइतबार भएको दुई पक्षीय भेलामा गरिएको पाँच वर्षे समझदारीपत्रमा नगरपालिकाकोतर्फबाट नग...

नगरप्रमुख भट्टराईको अनशन जारी, माग पूरा गर्ने उपप्रधानमन्त्रीसहितको प्रतिवद्धता

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १८ साउन । नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र वनमन्त्री ऐनबहादुर शाहीले शनिबार माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई राख्नुभएका माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उपप्रधानमन्त्री सिंह र मन्त्री शाहीले नगरप्रमुख भट्टराईले उठाउनुभएका जायज मागहरुलाई विज्ञको परामर्शको आधारमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उपप्रधानमन्त्री सिंहले वार्ता टोलीसँग तथा वनमन्त्री शाहीले नगरप्रमुख भट्टराईलाई भेटेर खोटाङलाई बाँसको राजधानी बनाउने तथा बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नीति बनाउने, बाँदर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने नीति निर्माण गर्ने लगायतका विषयमा विज्ञको प्रतिवेदनका आधारमा माग पूरा गर्ने आश्वासन दिनुभएको वार्ता टोलीका सदस्य एवम् नगरप्रवक्ता दिनेश घिम...