Saturday, August 1

शिक्षा

खोटाङको पछिल्लो मत परिणाम : १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ बदर

खोटाङको पछिल्लो मत परिणाम : १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ बदर

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खाेटाङ, २३ फागुन । खाेटाङमा गणना गरिएका मतमध्ये एक हजार २७७ मत बदर भएकाे पाइएकाे छ । केपिलासगढी, रावाबेँसी, ऐसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे १९ हजार ५०३ मत गणना गर्दा एक हजार २७७ मत बदर भएकाे हाे । मतदातामा मतदाता शिक्षा नपुगेका कारण धेरै सङ्ख्यामा मत बदर भएकाे जनाइएकाे छ । बदर भएका मतमध्ये अधिकांश एउटै मतपत्रमा दुई छाप हालेकाे पाइएकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएकाे छ । एउटामात्र निर्वाचन क्षेत्र रहेकाे खाेटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे मत अग्रता कायमै रहेकाे छ । केपिलासगढी गाउँपालिका-१ फेदीका आरेनले चार हजार ७७४ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका वीरकाजी राईकाे चार हजार ३७२, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे तीन हजर ९९२, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाकाे दुई हजार ८०८, ...
शितला माविको ६४ औँ वार्षिकोत्सव : विभिन्न विद्याका दर्जन बढी व्यक्ति सम्मानित

शितला माविको ६४ औँ वार्षिकोत्सव : विभिन्न विद्याका दर्जन बढी व्यक्ति सम्मानित

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ४ फागुन । शितला माध्यमिक विद्यालय खाल्लेले आफ्नो ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय र समाजमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न क्षेत्रका दर्जन बढी व्यक्तिलाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सञ्चालित विद्यालयलाई सहयोग पु¥याउने दर्जन बढी व्यक्तिलाई सोमबार दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरिएको हो । सम्मानित हुनेहरूमध्ये सोही विद्यालयमा अध्ययन गरी उच्च ओहोदामा पुग्न सफल न्यायाधीश नवराज दाहाल र पूर्वन्यायाधीश पर्शु भट्टराईलाई सम्मान गरिएको छ । न्यायाधीश दाहाल र पूर्वन्यायाधी भट्टराईको उपलब्धिलाई विद्यालयले आफ्नो गौरवका रूपमा लिँदै सम्मान प्रकट गरेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू नवराज केसी, कटकबहादुर खत्री र रामचन्द्र केसीलाई अभिभावकतर्फबाट सम्मान गरिएको छ । उत्कृष्ट शिक्षकका रूपमा पुष्पराज खत्री र मदनसे...
नेपाली सेनाले आयोजना गरेको ‘रन फर फन’ दौडको उपाधि ओली र बस्नेतलाई

नेपाली सेनाले आयोजना गरेको ‘रन फर फन’ दौडको उपाधि ओली र बस्नेतलाई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २ फागुन । महाशिवरात्री तथा २६३ औँ नेपाली सेना दिवसको अवसर खोटाङमा आयोजना गरिएको ‘रन फर फन’ दौड प्रतियोगिताको उपाधि खिमबहादुर ओली र दीर्पा बस्नेले जित्नुभएको छ । नेपाली सेनाको दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकले आयोजना गरेको दौड प्रतियोगिताको पुरुषतर्फ रणभीम गणका ओली र महिलातर्फ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी बस्नेत उपाधि जित्नुभएको हो । महिला÷पुरुष दुवैमा पाँच किलोमिटर दूरीको दौड प्रतियोगिताको पुरुषतर्फ मुडे ब्यारेकका लेखराज पुन मगर द्धितीये, सागर नेपाली तृतीय र केपिलासगढी गाउँपालिका–३ बास्पानीका सूर्यराज राई सान्त्वना हुनुुभएको छ । महिलातर्फको प्रतियोगितामा रणभीम गण मुडे ब्यारेककी पुष्पा अवस्ती द्धितीय, अस्मिता महतो तृतीय र दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलकी छात्रा मन्दिरा थापा सान्त्वना हुनुभएको छ । पुरुष तथा महिलातर्फ दुवै प्रतियोगिताका प्रथम, द्धितीय, तृतीय र सान्त्वना ...
मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम सुरु गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका तथा मतपत्र बदर हुन नदिने तरिका सिकाउन र मतदान गर्ने समय निर्धारण गर्न निर्वाचन कार्यालयले नमूना मतदान अभ्यास कार्यक्रम सुरु गरेको हो । निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिने कार्यालय प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । “नमूना मतदान अभ्यास कार्यक्रमले मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुनुका साथै कर्मचारी व्यस्थापनमा सहजता हुने विश्वास गरिएको छ । यो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो, “नमूना मतदान अभ्यास कार्यक्रममा निर्वाचन प्रहरीको भूमिकाका विषयमा समेत जानकारी गराइन्छ । यसले आगामी निर...
पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

पृथ्वी मावि बाक्सिलाले जित्यो दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २९ माघ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालय बाक्सिलाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा सामुदायिक विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा पृथ्वी मावि बाक्सिलाले ३८ स्वर्ण, ३१ रजत र २५ कास्य पदकसहित प्रथम उपाधि जितेको हो । बाक्सिला बजारस्थित पृथ्वी माविको प्राङ्गणमा आयोजित प्रतियोगितामा चार स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित शुक्रजित मावि खार्ताम्छा दोस्रो तथा तीन स्वर्ण, चार रजत र पाँच कास्य पदकसहित रेणुका मावि दिप्सुङ तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले नगद रु ५० हजारको साथमा मेडल, प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयले नगद रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोग...
रावाबेँसीका उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेविका तथा चार छात्रा पुरस्कृत

रावाबेँसीका उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेविका तथा चार छात्रा पुरस्कृत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, २७ माघ । कनककुमारी पोखरेल स्मृति प्रतिष्ठान खोटाङले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्व. आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा परिवारका सदस्यले स्थापना गरेको रु सात लाखको अक्षयकोषबाट उनीहरूलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुने उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकातर्फ सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठ रहनुभएको छ । छात्रातर्फ शारदा उच्च माध्यमिक विद्यालय खार्पाको कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ का ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशङ्खेलाई छात्रवृत्ति अन्तरगत पुरस्कृत गरिएको जनाइएको छ । पुरस्कृत हुने उत्कृष्ट छ महिला स्वास्थ्य स्वयम्सेव...
केपिलासगढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

केपिलासगढी गाउँपालिकामा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २५ माघ । केपिलासगढी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय पाँचाँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्र सञ्चालित नौँवटा विद्यालयको सहभागिता रहेको आईतबारबाट सुरु गरिएको हो । प्रतियोगितामा भलिबल, १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड, १०० मिटर, ४०० मिटर रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिङ थ्रो, कराते र तेक्वान्दोसहित ४७ स्वर्ण पदकका लागि खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५५ हजार, दोस्रो हुने विद्यालयले रु ५० हजार, तेस्रो हुने विद्यालयले रु ४५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा फेदी, खार्तम्छा, दिप्सुङ र सुङदेलका सहभागी विद्यालयलाई रु ४० हजार, बास्पानी, सप्तेश्वरका सहभागी विद्यालयलाई रु ३५ हजार तथा बाक्सिलाका विद्यालयलाई रु ३० हजार याताय...

गाउँपालिका प्रमुख राईलाई राज्यले दिएको सेवासुविधाबापतको रकम सामाजिक काममा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २५ माघ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले आफ्नो जन्मदिनको अवसर पारेर राज्यबाट सेवा–सुविधाबापत प्राप्त गर्नुभएको रकम अपाङ्गता सम्बन्धी काम गर्ने संस्थालाई प्रदान गर्नुभएको छ । गाउँपालिका प्रमुख राईले माघ–२४ गते परेको आफ्नो जन्मदिनको अवसर पारेर गाउँपालिकाभित्र पर्ने पाँचवटै वडामा गठन गरिएको मिलिजुली समूहलाई रु १५ हजारका दरले रु ७५ हजार रकम प्रदान गर्नुभएको हो । गाउँपालिकाले आयोजना गरेको आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा गाउँपालिका प्रमुख राईले अपाङ्ग सेवा सङ्घ साकेला गाउँपालिका अध्यक्ष तीर्थबहादुर राईमार्फत समूहलाई रकम हस्तान्तरण गर्नुभएको पञ्जीकरण शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिनुभएको छ । आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुहुँदै गाउँपालिका प्रमुख राईले अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले आफ्नो सेवा...

विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी भएपछि शिविर राखेर उपचार सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २५ माघ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचारको प्रबन्ध मिलाइएको हो । विवाह भोज खाएकाहरुलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले बताउनुभएको छ । यही माघ–२१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी भोलिपल्ट अर्थात् माघ–२२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् । विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खे...
आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माविलाई

आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माविलाई

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, २४ माघ । साकेला गाउँपालिकाले आयोजना गरेको आठौँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडाले जितेको छ । गाउँपालिकाभित्र सञ्चालित छवटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा सात स्वर्ण, सात रजत र चार कास्य पदकसहित साबिक विजेता राधाकृष्ण माविले आठौँ संस्करण अन्तरगत आयोजित प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा सात स्वर्ण, तीन रजत र छ कास्य पदकसहित साकेला माध्यमिक विद्यालय रतन्छा द्धितीय तथा पाँच स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित बालबालिका माध्यमिक विद्यालय नौलाखर्क तृतीय भएको छ । २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि आयोजना गरिएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित विद्योदय माध्यमिक विद्यालय खिदिमा चौथो, एक स्वर्ण, एक रजत र एक कास्य पदहसहित सरस्वती माध्यमिक विद्यालय मात्...