प्रतिनिधिसभा सदस्य निर्वाचन : छ जना पूर्वसांसदसहित जनताको घरदैलोमा डा. हरि रोका
खोटाङ, ७ माघ । अर्थ तथा बाम राजनीतिक विश्लेषक डा. हरि रोकाले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चुवानी अभियान सुरु गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा उम्मेदवारी दर्ता गराउनुभएका डा. रोकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट जनतासँग प्रत्यक्ष भेटघाटका लागि बुधबारबाट घरदैलो अभियान सुरु गर्नुभएको हो ।
राजनीतिक दलको साधारण सदस्यसमेत नरहनुभएका डा. रोका आगामी निर्वाचनका लागि नेकपाको तर्फबाट उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा होमिनुभएसँगै जिल्लाका छ जना पूर्व सांसदहरुले साथ दिनुभएको छ । दिक्तेलस्थित किरातचोकबाट घरदैलो अभियान सुरु गर्नुभएका डा. रोकालाई जनताको बीचमा लगेर विजयी गराउन पूर्व सांसदहरु टंक राई र कुलप्रसाद फुयाल, संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश स...









