पत्रकार तथा पत्रकारिता पेसामाथि आक्रमण गर्नेविरुद्ध कानूनी उपचार खोजिने
खोटाङ, २२ पुस । नेपाल पत्रकार महासङ्घ खोटाङले पत्रकार तथा पत्रकारिता पेसामाथि सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको छ । पत्रकार महासङ्घको मङ्गलबार दिक्तेलमा बसेको बैठकले सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसाको अपमान गर्दै आक्रमण गरेकाले उनीहरुलाई कानूनी दायरामा ल्याउने निर्णय गरेको हो ।
पछिल्लो समय जिल्लामा क्रियाशील पत्रकार तथा पत्रकारिता पेसालाई कमजोर बनाउने उद्देश्यसहित सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण गर्ने प्रवृत्ति भएका व्यक्तिहरु बढेकाले त्यसलाई निरुत्साहित गर्न कानूनी कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको पत्रकार महासङ्घका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो । “संविधानले हरेक नागरिकलाई वाक स्वतन्त्रता (बोल्न पाउने अधिकार) दिएको छ । तर, मनपरी बोल्ने छुट कसैलाई दिएको छैन”, उहाँले भन्नुभयो, “...









