आफ्नै घरमा सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
खोटाङ, ३० साउन । जिल्ला १२ ठेगाना दिइएकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका ३७ वर्षीय सुमन राई पक्राउ परेका छन् । साङ्केतिक नाम चार (४) राखिएकी ती महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार राति २ः१५ बजेको समयमा आएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुमनलाई घटनास्थलबाटै पक्राउ गरेको हो ।
विवाहित महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुमनलाई जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । “पीडित भनिएकी महिलाले दिएको जानकारीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीले आरोपित सुमनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको छ । विवाहित अवस्थाका आरोपित सुमनलाई हिरासतमा राखेर अनुसन्धान सुरु...
