नेपाली सेनाको स्वास्थ्य शिविरमा २०८ जनाले लिए निःशुल्क सेवा
खोटाङ, १६ चैत । नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् । रणभीम गण मुडे खोटाङ र १८ नं. फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिकाको रतन्छामा आज (सोमबार) आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरमा १४९ जना महिला, ५९ जना पुरुष र दश जना बालबालिकाले निःशुल्क सेवा लिएका हुन् ।
नागरिक–सैन्य सम्बन्ध सदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडे ब्यारेक खोटाङका गणपति प्रमुख सेनानी केदारप्रसाद लामीछानेले जानकारी दिनुभएको छ । “दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव छ । यो अभावलाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “शिविरको माध्यमबाट नागरिक–सैन्य सम्बन्ध अझ मजबुत भएको महसुस गरेका छौँ । शिविरमा सहभागी स्थानीय पनि सन्तुष्ट भएर फर्किएका ...









