Thursday, April 23

समाचार

जेन–जी आन्दोलनका क्रममा काभ्रेबाट भागेका खोटाङका युवक पक्राउ

जेन–जी आन्दोलनका क्रममा काभ्रेबाट भागेका खोटाङका युवक पक्राउ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ कातिक । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय काभ्रेको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित केराबारीका २३ वर्षीय प्रवीण मगर पक्राउ परेका छन् । जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गते हिरासतबाट भागेका मगरलाई गाउँ आएर घरमै लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला इलाका प्रहरी कार्यालयको हिरासतबाटै भागेका मगरलाई खोटाङ घर आएर लुकीछिपी बसेको अवस्थामा कातिक–२० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनुभएको छ । पक्राउ परेको भोलिपल्ट अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएका मगरलाई आज (शनिबार) बिहान बनेपा इलाका प्रहरी कार्यालय काभ्रेमा लगेर बुझाइएको प्रहरीले जनाएको छ । जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गते इलाका प्रहर...
दाहाल समूह खार्मीको प्रायोजनमा कालिका माविमा प्रतियोगितात्मक कार्यक्रम

दाहाल समूह खार्मीको प्रायोजनमा कालिका माविमा प्रतियोगितात्मक कार्यक्रम

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
–रामधन राई खोटाङ, २२ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजित अन्तर विद्यालयस्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा जगत आधारभूत विद्यालय खार्मी प्रथम बनेको छ । कालिका माध्यमिक विद्यालय खार्मीले आयोजना गरेको प्रतियोगितामा मारुनी नृत्य प्रस्तुत गर्दै जगत आवि प्रथम बनेको हो । दाहाल समूह खार्मीको प्रायोजनमा भएको विविध प्रतियोगितात्मक कार्यक्रममध्ये सामुहिक नृत्यतर्फ आयोजक कालिका मावि खार्मी द्धितीय र जनकल्याण आधारभूत विद्यालय तृतीय बनेको निर्णायक सोनाम राईले बताउनुभयो । कालिका माविको प्राङ्गणमा शुक्रबार आयोजित प्रतियोगितामा पार्वती आवि र जालपा आविले सान्तवना स्थान हात पारेका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने समूहले क्रमशः नगद रु छ हजार, रु चार हजार, रु दुई हजार र रु ६००÷६०० प्राप्त गरेका छन् । यस्तै, हाजिरीजवाफ प्रतियोगितातर्फ कालिका मावि (ख) ...
अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

#, अर्थ, कृषि, कोशी प्रदेश, समाचार, समाज
खोटाङ, २२ कातिक । यही कातिक–१५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौँ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ । केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका कृषकहरु यसअघि वर्षाले क्षति पु¥याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पु¥याएको धान थन्क्याउन यतिखेर किसानहरु खेत–खेतमा जुट...
‘उत्कृष्ट प्रधानाध्यापक प्ररस्कार–२०८२’बाट प्रधानाध्यापक राजाकर्ण राई पुरस्कृत

‘उत्कृष्ट प्रधानाध्यापक प्ररस्कार–२०८२’बाट प्रधानाध्यापक राजाकर्ण राई पुरस्कृत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २१ कातिक । मेघराज धमला स्मृति प्रतिष्ठान खोटाङले ‘उत्कृष्ट प्रधानाध्यापक पुरस्कार–२०८२’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभूत विद्यालय सिरुवासका प्रधानाध्यापक राजाकर्ण राईलाई प्रदान गरेको छ । सामुदायिक विद्यालयको अध्यापन क्षेत्रमा पु¥याएको योगदान, शैक्षिक व्यवस्थापन, सामाजिक नेतृत्व तथा सेवाप्रतिको लगनशीलता, दक्षता र इमानदारीताको उच्च मूल्याङ्कन गर्दै प्रधानाध्यापक राईलाई आज (शक्रबार) दिक्तेलमा आयोजित कार्यक्रममा नगद रु ३० हजार राशिको पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमको अवसरमा वि.सं. २०७४ सालदेखि दिक्तेलस्थित सरस्वती आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा रहेर नियमित अध्यापनको काम गर्दै आउनुभएका स्वर्गीय प्रधानाध्यापक मेघराज धमलाले पढाउनुभएका विद्यार्थी ज्वाला अधिकारी र समिक्षा कार्कीलाई पनि प्रशंसापत्र तथा जनही नगद रु दुई हजार ५०० का दरले पुरस्कार...
नगरप्रमुख भट्टराईद्धारा स्वर्गीय आमाको स्मृतिमा अक्षयकोष स्थापना

नगरप्रमुख भट्टराईद्धारा स्वर्गीय आमाको स्मृतिमा अक्षयकोष स्थापना

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आइतबार आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् । नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्वर्गीय आमा पदमकुमारीको नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा रू दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिनुभएको छ । नगरप्रमुख भट्टराईका स्वर्गीय आमा पदमकुमारीको गत वर्ष (वि.सं.२०८१ कातिक–१६ गते) ८८ वर्षको उमेरमा निधन भएको थियो । आफ्नो गाउँको विद्यालयमा अध्ययन...

पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि कृषक चिन्तित

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १४ कातिक । पाकेर थन्क्याउन लागिएको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषकहरु चिन्तित बनेका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दशवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषकहरु चिन्तित बनेका हुन् । पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि आफूहरु भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताउनुभयो । “मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ । पाक्न लागेको अवस्थामा सबै ढलेर सोतर भएको छ”, उहाँले भन्नुभयो, “प्रमुख बालीको रुपमा लगाउँदै आएको धान सबै ढलेर सोतर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी छ ।” कृषकले लगाएको धानबाली पाकेर पहँेलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प...

शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिताको उपाधि रतन्छाको पोल्टामा

कोशी प्रदेश, खेलकुद, राजनीति, समाचार, समाज
खोटाङ, ३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’को उपाधि साकेला गाउँपालिका–२ रतन्छाले चुमेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताको आज (सोमबार) सम्पन्न फाइनल खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ४–१ गोल अन्तरले पराजित गर्दै रतन्छाले उपाधि चुमेको हो । जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगितामा केपिलासगढी गाउँपालिका–३ बास्पानी र साकेला गाउँपालिका–५ मात्तिमले सेमिफाइनलिष्टमा चित्त बुझाएको छ । स्थानीय दोर्पा खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुईवटा टोलीले नगद पुर...

शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप : रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनलमा

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनल प्रवेश गरेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता आयोजना गरेको हो । सेमिफाइनल प्रवेश गर्ने चार टोलीबीच भोलि (कातिक–३ गते सोमबार) बिहान ७ः३० बजेदेखि सेमिफाइनलका दुई खेल तथा दिउँसो प्रथम उपाधिका फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन गत असोज–३० गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएक...

हर्क साम्पाङका समर्थकद्वारा दिक्तेल बजारमा सरसफाइ अभियान सञ्चालन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १ कातिक । हर्क साम्पाङ नेतृत्वको श्रमशक्ति पार्टीका समर्थकले शनिबार दिक्तेल बजार सरसफाइ गरेका छन् । ‘विचार र औजार, चेतना र पसिनाको क्रान्ति, म हुँ श्रमदाता’ लेखिएको टि–सर्ट लगाएका समर्थकले दिक्तेलस्थित ट्राफिक प्रहरी कार्यालयदेखि बेसक्याम्प हुँदै हाटडाँडासम्म सरसफाइ गरेका हुन् । सरसफाइ अभियानका क्रममा सङ्कलित फोहर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयोग गर्दै आएको लफ्याङस्थित ल्यान्डफिल साइटमा लगेर व्यवस्थापन गरिएको जनाइएको छ । फोहर सङ्कलनका लागि डस्टबिनहरू राखिएको र बजारका कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको छ । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले धरानलाई नमूना नगरका रूपमा प्रस्तुत गर्दै श्रमबाट पनि नगर, गाउँ, देश परिवर्तन र विकास सम्भव छ भन्ने सन्देश दिनुभएको छ । नगरप्रमुख साम्पाङको सोचबाट प्रेरित भएर खोटाङमा पनि अभियान सञ्चालन गरिएको जिल्ला संयोज...

तापखोलाको शनिबारेमा श्रमदानमार्फत काठको पुल निर्माण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १ कातिक । बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । गत भदौ–१७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं. २ खार्ताम्छा र वडा नं. ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुनः सञ्चालनमा ल्याउन वडा नं. २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएको स्थानीय तीलक साम्पाङ किरातीले जानकारी दिनुभएको छ । “बाढीले ढलान बगाएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध छ । खोलामा पानीको बहाव घटेको छैन”, उहाँले भन्नुभयो, “तत्कालका लागि मोटरसाइकल आव...