Thursday, April 23

समाचार

संविधान दिवस–२०८२ : दीप प्रज्ज्वलनसहित शुभकामना आदानप्रदान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ३ असोज  । खोटाङमा पनि विविध कार्यक्रमका साथ संविधान दिवस–२०८२ मनाइएको छ । जिल्लास्थित राजनीतिक दल, जिल्ला समन्वय समिति खोटाङ तथा स्थानीय तहहरुले दीप प्रज्ज्वलनसहित शुभकामना आदानप्रदान गर्दै संविधान दिवस मनाएको हो । नेपाली जनताको लामो बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज–३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान–२०७२’ जारी गरेको हो । जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले छुट्टाछुट्टै स्थानमा कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाएका छन् । एमालेले दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा र माओवादी केन्द्रले त्रिवेणीचोकमा कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । एमालेले आयोजना गरेको कार्यक्रममा केन्...

मृत फेला परेकी रेश्मिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २ असोज । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । गत भदौ– ३० गते मृत फेला पर्नुभएकी रेश्मिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही गाउँपालिकाका अन्दाजी १६–१७ वर्षीय एक किशोर पक्राउ परेका हुन् । स्थानीय अजम्बरी साना किसान कृषि सहरकारी संस्थामा कार्यरत रेश्मिकालाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा लगेर बलात्कारपछि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । “पक्राउ परेका किशोरले घटनाबारे स्वीकार गरिसकेका छन् । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट चार दिनको म्याद थप गरिएको छ”, उहाँले भन्नुभयो, “पक्राउ परेका किशोरले आफू नाबालक रहेको बताएका छन् । उमेर प्रमाणित गर्न जन्मदर्ताको प्रमाणपत...

दिक्तेल रुपाकोट मझुवागढीका भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ असोज । राष्ट्रिय भूमि आयोग खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाका २९७ घर भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गासहित जग्गाको लालपुर्जा उपलब्ध गराउन बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण सुरु गरिएको हो । भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएसँगै चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरेर नगरपालिकालाई सिफारिस गर्छ । वडाको सिफारिसको आधारमा उनीहरुलाई लालपुर्जा उपलब्ध गराउन नगरपालिकाको तर्फबाट राष्ट्रिय भूमि आयोग खोटाङलाई सिफारिस गर्छौँ”, उहाँले भन्नुभयो, “लाभग्राहीलाई निस्सा...

रेश्मिका मृत फेला प्रकरण : बलात्कारपछि हत्या आशङ्कामा शव परीक्षण गर्न धरान पठाइयो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १ असोज : दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ रेश्मिका सिवा परियारको बलात्कारपछि हत्या भएको आशङ्कामा शव परीक्षण गर्न धरान पठाइएको छ । स्थानीय अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा भदौ–३० गते राति शङ्कास्पद अवस्थामा मृत फेला परेपछि सर्जमिन मुचुल्का गरेर शव परीक्षण गर्न धनानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो । सहकारीका अध्यक्ष सागर तामाङका अनुसार भदौ–३० गते अपरान्ह आफ्नो काम सकेर कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १५० मिटर तल झाडीमा सोही राति करिब नौँ बजे मृत फेला पर्नुभएको थियो । जागिरका लागि काममा जानुभएकी एक छोरीकी आमा रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीयले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा...

सहकारीमा काम गर्ने रेश्मिका मृत फेला, बलात्कारपछि हत्या भएको आशङ्का

अर्थ, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३१ भदौ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ रेश्मिका सिवा परियार शंकास्पद अवस्थामा मृत फेला पर्नुभएको छ । सोही गाउँपालिकाको वडा नं.–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका भदौ–३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला पर्नुभएको हो । सहकारी संस्थाका अध्यक्ष सागर तामाङले दिनुभएको जानकारीअनुसार रेश्मिका भदौ–३० गते अपरान्ह चार बज्न लाग्दा कार्यालयबाट बाहिरिनुभएको जनाइएको छ । अपरान्ह कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १५० मिटर तल पर्ने मार्से सामुदायिक वनको झाडीमा मृत अवस्थामा भेटिनुभएको हो । स्थानीयबाट घटनाको जानकारी पाएलगत्तै विज्ञ टोली लिएर अनुसन्धान गर्न घटनस्थलतर्फ आफै हिँडेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डि...

सुमो चालकलाई भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईद्धारा प्रहरीमा आत्मसमर्पण

गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २० भदौ । सुमो चालकलाई भरुवा बन्दुक ताक्ने नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ हिँडेको ना १ ज ४३७२ नम्बरको सुमोलाई यही भदौ–१६ गते खार्मीस्थित आफ्नै घर अगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध बुधबार डाँका उद्योगसम्बन्धी मुद्धा दर्ता भएपछि शुक्रबार आत्मसमपर्ण गरेका हुन् । घटना लगत्तै फरार बनेका काँग्रेस नेता राईले शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर आत्मसमर्पण गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभएको छ । “खार्मीबाट यात्रु लिएर दिक्तेलतर्फ आउँदै गरेको सुमोलाई रोकेर भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध बुधबार डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता गरेर प्रहरी परिचालन गरेका थियौँ ...

शैक्षिक नीतिका विषयमा तीन जिल्लाका अखिल (क्रान्तिकारी)को गोष्ठी दिक्तेलमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले यही भदौ–२६ र २७ गते दिक्तेल बजारमा शैक्षिक नीतिका विषयमा अन्तरक्रियामूलक गोष्ठी आयोजना गर्ने भएको छ । अखिल (क्रान्तिकारी) जिल्ला कार्यसमिति खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूले संयुक्तरुपमा ‘नेपालको वर्तमान शैक्षिक नीति र अखिल (क्रान्तिकारी)को भूमिका विषयक अन्तरक्रियामूलक गोष्ठी–२०८२’ आयोजना गर्ने भएको हो । शिक्षा क्षेत्रमा देखिएका चुनौती, अवसर र सुधारका उपायबारे खुलेर बहस गर्ने र व्यवहारिक निष्कर्षमा पुग्ने उद्देश्यले संयुक्तरुपमा दुई दिने अन्तरक्रियामूलक गोष्ठी आयोजना गर्न लागिएको अखिल (क्रान्तिकारी) खोटाङका जिल्ला अध्यक्ष डार्विन चाम्लिङले जानकारी दिनुभएको छ । तीन जिल्लाका विद्यार्थी तथा शैक्षिक अभियान्ताहरुको सहभागिता रहने गोष्ठीमा केन्द्रीय समितिले ने...

नेपाल रेडक्रसको ६३ औँ स्थापना दिवस : खोटाङमा ८० जनाले गरे रक्तदान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६३ औँ स्थापना दिवसको अवसरमा खोटाङमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् । युवा रेडक्रस सर्कल (युरेस) दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल र जुनियर रेडक्रम सर्कल (जुरेस) सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङको संयुक्त आयोजनामा दिक्तेलबजारस्थित रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा ८० जना रक्तदाताले एक÷एक पिन्ट रगत दान गरेका हुन् । कार्यक्रममा रक्तदाताले दान गरेका रगतमध्ये पाँच पिन्ट दिक्तेलस्थित रक्त सञ्चार केन्द्रमा राखिएको र बाँकी ७५ पिन्ट भक्तपुर ब्लड बैङ्क पठाइएको युरेस दिक्तेल बहुमुखी क्याम्पसका अध्यक्ष आयुष राईले जानकारी दिनुभएको छ । रत्नपार्कमा बिहान आठ बजेदेखि सुरु गरिएको कार्यक्रममा १४ जना महिला र ६६ जना पुरुषले रक्तदान गरेका छन् । रत्नपार्कमा आयोजित रक्तदान कार्यक्रममा भक्तपुर ब्लड बैङ्कका चार जन...

खार्मीको एउटा गाउँमा एक घरमात्र बाँकी, अधिकांश घरहरु झाडीले पुरिँदै

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
–रामधन राई खोटाङ, १८ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित एक गाउँमा एक घर मात्र बाँकी रहेको छ । खार्मीको तुर्खास्थित नेवार गाउँबाट सबै बसरी अन्यत्र गएपछि एक घर मात्र बाँकी रहेको हो । भारत, दक्षिण कोरिया लगायतका वैदेशिक रोजगारी तथा काठमाडौँ र तराईका जिल्लाहरुमा बसाइँ सरेरजाँदा दश घर परिवार रहेको नेवार गाउँ एक घरमा सीमित भएको पाइएको छ । १०–१५ वर्षको अवधिमा बसाइँ सरी जानेहरुको कारण नेवारगाउँ अर्थात् तुर्खाको नेवार टोल नै रित्तिएको स्थानीय बमबहादुर श्रेष्ठले बताउनुभयो । नेवार समुदाय मात्र बसोवास गर्दै आएका उक्त टोलका कतिपय घरहरु भत्किसकेका छन् भने तितेपातीघारीले ढाकिएका छन् । नेवार टोल जस्तै खार्मीका अधिकांश घरहरु रित्तो तथा झाडीभित्र पुरिएका छन् । तुर्खाकै साब्रुले टोल समेत रित्तो बनेको छ । चार घरपरिवार रहेको उक्त टोल हाल शून्य बनेको स्थानीय बताएका छन् । नेवार ...

सुमो चालकमाथि भरुवा बन्दुक ताक्ने काँग्रेस नेता राईबिरुद्ध डाँका उद्योग मुद्धा दर्ता

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १८ भदौ । नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईबिरुद्ध डाँका उद्योग सम्बन्धी मुद्धा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई भदौ–१६ गते बिहान आफ्नै घर अगाडि रोकेर चालक सविन तामाङमाथि बन्दुक ताकेको आरोपमा नेता राईबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्धा दर्ता भएको हो । काँग्रेस नेता राईले आफूहरुले दिक्तेल–खार्मी सडक मर्मत गरेको भन्दै जबरजस्ती सहयोग रकम माग गर्दै आफूमाथि भरुवा बन्दुक ताकेर ज्यान मार्ने प्रयास गरेकाले कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्धा दर्ता गराएको चालक तामाङले बताउनुभएको छ । खार्मीस्थित बाँझोबारी घर भएका नेता राईले आफ्नै घर अगाडि सडकमा बाँस तथा मुढा तेर्साएर सडक अवरोध पार्दै आक्रमणको प्रयास गरेको भिडियो क्लिप्समा देखिएको छ । चालक तामाङ...