नेकपाले दियो अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई खोटाङको टिकट
खोटाङ, ४ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा अर्थ÷राजनीतिक विश्लेषक डा. हरि रोकालाई टिकट दिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खुतुम्बु निवासी अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई नेकपाले अर्थमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
खोटाङका नेताहरुसहित आईतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएका अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई पार्टी संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिनुभएको जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभएको छ । पार्टीका सहयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई संयोजक प्रचण्डले टिकट दिनुभएको हो ।
अर्थ÷राजनीतिक विश्लेषक डा. रोकालाई प्रति...









