हलेसी तुवाचुङका महिला, अपाङ्ग र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठा
खोटाङ, २० जेठ । हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । आम्दानीको स्रोत नभएका नगरवासी छनोट गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो ।
नगरपालिकाले पारित गरेको बङ्गुर प्रवद्र्धन कार्यक्रम अन्तरगत यस वर्ष ११५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी खरिद गरेर महिला, अपाङ्गता भएका व्यक्ति र विदेशबाट फर्किएका युवालाई निःशुल्क उपलब्ध गराइएको नगरप्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । “नगरवासीलाई बङ्गुर पालन व्यवसायमा जोड्नका लागि १६ घर परिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । रु दुई लाख बराबरको खोर बनाएका घर परिवारलाई नगरपालिकाको तर्फबाट रु ए...
