साकेला गाउँपालिकाको सरस्वती माविमा २४ लाख लगानीको व्यवस्थित पुस्तकालय
खोटाङ, २८ साउन । साकेला गाउँपालिका–५ मात्तिममा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा रु २४ लाख लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टसँगको समन्वय तथा पाहार ट्रष्ट नेपालको लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको हो ।
विद्यालयमा पुस्तकालय स्थापनाका लागि पाहार ट्रष्ट नेपाल पोखराका अध्यक्ष बिजुलीबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईबीच सम्झौता भएको छ । पुस्तकालय सञ्चालनका लागि पाहार ट्रष्ट नेपालद्वारा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमको अवसरमा उक्त सम्झौता गरिएको हो ।
वि.सं. २०८१ माघदेखि सुरुवात गरिएको पुस्तकालयको सम्पूर्ण काम वि.सं. २०८३ पुस मसान्तसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सितल राईले जानकारी दिनुभएको छ । पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, भौतिक संरचना, पुस्तक लगायतको काम पहार ट्रष्ट नेपालले...
