पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमै दुर्लभ रेडपाण्डा भेटिए
–रामधन राई
खोटाङ, ६ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक बन क्षेत्रमा बिश्वमै दुर्लभ बन्यजन्तु रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न बन क्षेत्रको भ्रमणमा गएका सोही नगरपालिकाका टोलीले मेरुङ सामुदायिक बनमा रेडपाण्डा भेट्टाएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी बैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सबमा केन्द्रीत हुँदै चैत्र १ गते बन क्षेत्र प्रबेश गरेको टोलीले चौथो दिन रेडपाण्डा भेट्न सफल बनेको हो । रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डा सम्बन्धी स्थलगत अध्ययन गर्ने समेत उदेश्यले ६ नम्बर नेर्पाका वडाध्यक्ष माधब राईको संयोजकत्वमा टोली जुटेका थिए । रेडपाण्डालाई दुई हजार सात सय ८१ मिटरको उचाईमा भेटिएको वडाध्यक्ष राईले सुनाउनुभयो । बिभिन्न समुहमा बिभााजित भएर खोजी गर्ने क्रममा बिहान आठ बजेर ४० मिनेट जाँदा रुखमा स...
