आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पाले चुम्यो ‘नेर्पा भुलभुले पुरुष फुटबल’को उपाधि
खोटाङ, २६ माघ । ‘तेस्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८१’को उपाधि आयोजक नेर्पा स्पोर्टस् क्बल नेर्पा खोटाङले चुमेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलासँग आज (शनिबार) भएको फाइनल खेलमा बाक्सिलालाई शून्यका विरुद्ध दुई गोल गर्दै आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाले तेस्रो सँस्करणको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि चुमेको हो ।
नेर्पास्थित स्पोर्टस् क्लबको आफ्नै खेलमैदान संसारीडाँडामा भएको फाइनल खेलको पहिलो हाफमा नेर्पा स्पोर्टस् क्लब नेर्पाका जर्सी नं. ११ का खेलाडी भुजन गुरुङ एक्लैले दुवै गोल गर्नुभएको थियो । निर्धारित समयको पहिलो हाफको पाँचौँ मिनेट र २७ औँ मिनेटमा गोल गर्न सफल भुजन म्यान अफ दि म्याच घोषित हुनुभयो ।
उपाधि विजेता आयोजक नेर्पा स्पोर्टस् क्लब नेर्पाले नगद रु दुई लाखको साथमा ट्रफी र मेडल प्राप्त गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
