राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिम्पानी र भगवती माविलाई
खोटाङ, २१ पुस । खोटेहाङ गाउँपालिकामा सम्पन्न छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिम्पानी माध्यमिक विद्यालय सिम्पानी र भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारले चुमेको छ । गाउँपालिकाको आयोजना तथा भाषा माध्यमिक विद्यालय बडकादियालेको सहआयोजनामा आज (आइतबार) सम्पन्न पालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समान १५÷१५ अङ्कसहित सिम्पानी र भगवती माविले प्रथम उपाधि चुमेको हो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा समान नौँ÷नौँ अङ्कसहित इन्द्रेणीपोखरी माध्यमिक विद्यालय इन्द्रेणीपोखरी र भानु माध्यमिक विद्यालय लिच्कीराम्चे द्धितीय तथा समान छ÷छ अङ्कसहित विणा माध्यमिक विद्यालय लिकुवापोखरी र भाषा माध्यमिक विद्यालय बडकादियाले तेस्रो भएका छन् । छवटा विद्या (भलिबल, रिले दौड, लामो दूरीको दौड, छेलो, हाईजम्प र लङजम्प) प्रतियोगितामा १२ स्वर्ण, १२ रजत र १२ कास्यगरी ३...
