राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पेश
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रंंमाणीकरण नगरेर संविधान उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
अधिवक्ता डा. सुनिलरञ्जन सिंहसमेतले पेश गरेको रिट बुधबार सर्वोच्च अदालतमा दर्ता हुन सकेन । सर्वोच्च अदालतका कर्मचारीहरुले विहीबार निवेदन दर्ता हुने आश्वासन दिएको उनले बताए ।
रिटमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेर संविधानको धारा १०, ११, १२, १३, १४, १५ १६(१), १८(१), ६६(१), १११ र ११३(४) को गम्भीर उल्लंघन गरेको दावी गरिएको छ ।
निवेदनमा विधेयक प्रमाणीकरण नगरेकाले योग्य नेपालीले नागरिकता नपाई संविधानको धारा ११ उल्लंघन भएको दावी गरिएको छ । संविधानको धारा १० मा कुनैपनि योग्य व्यक्तिलाई नागरिकताको अधिकारबाट वञ्चित नगरिने उल्लेख छ ।
संविधानको धारा १२, १३ र १४ मा समेत नागरिकताका प्रावधानहरु छन् । विधेयक प्रमाणीकरण नहुँदा संविधानमा उल्लेख भएको संघीय...
