दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दरबन्दी बाहेकका सबै कर्मचारी हटाउने
खोटाङ, २८ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती भएका÷गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने भएको छ । नगर कार्यपालिकाको यही असोज–२८ गते बसेको पूर्ण बैठकले नगरपालिकामा यसअघि करार सेवामा नियुक्त भएका कर्मचारी, दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु (सचिवालयका)समेत तथा नगरपालिकाको अनुदानमा नियुक्त भएका शिक्षकहरुलाई आगामी कातिक–१ गतेदेखि लागू हुनेगरी हटाउने निर्णय गरेको हो ।
नेपाल सरकार (मन्त्रीपरिषद्)बाट असोज–५ गते निर्णय भएर आएको परिपत्रको आधारमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी नियुक्ती गरिएका सबै कर्मचारी तथा शिक्षक हटाउने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनुभएको छ । “स्वीकृत दरबन्दी बाहेकमा अस्थायी, करार तथा ज्यालादारीमा कर्मचारी एवम् शिक्षक नराख्ने निर्णय कार्यपालिका बैठकबाट पारित गरिएको छ । नगरस्तीय तथा वडास्तरबाट विनिय...
