जथाभावी फालिएका शिशाजन्य बोत्तल व्यवस्थापन गर्न व्यवसायीलाई ३५ दिने अल्टिमेटम
खोटाङ, १४ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभावी छरिएका वा फालिएका शिशाजन्य बोत्तलहरु ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीहरुलाई अल्टिमेटम दिएको छ । व्यवसायको नाममा बाहिरी जिल्लाबाट आयात हुने पेय पदार्थका बोत्तलहरु प्रयोग गरिसकेपछि जथाभावी पालिएका कारण नगरपालिकाको पर्यावरणमा असर पुगेकाले आज (शुक्रबार)को मितिबाट ३५ दिनभित्र व्यवस्थापन गर्न नगरपालिकाले व्यवसायीलाई अल्टिमेटम दिएको हो ।
नगरपालिकामा फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा डिलर स्वयम्ले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख भएकाले शिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवसायीलाई अल्टिमेटम दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । “नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय ठाउँहरुमा समेत जथाभावी शिशाका बोत्तलहरु फालिएका छन् । फोहर गर्ने व्यक्त...
