बोल्न र सुन्न नसक्ने उषक : कक्षा–१२ उत्तीर्ण, खेलकुदमा अब्बल, भविष्य अन्यौलमा
–रामधन राई
खोटाङ, १८ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २२ वर्षीय उषक श्रेष्ठको क्षमता जे छन् त्यो सामान्य लाग्दैन । उषकलाई देख्ने र भेट्ने जो कोहीले उहाँको क्षमताको आँकलन गर्न सक्दैनन् ।
छरितो कद, हँसिलो अनुहार, फुर्तिलो ज्यान, चटक्कै परेको पहिरन । जन्मजातै बोल्न र सुन्न असक्षम श्रेष्ठले यो वर्ष कक्षा–१२ उत्तीर्ण गर्नुभयो । उषकले खार्मीमै सञ्चालित कालिका माध्यमिक विद्यालयबाट अन्य विद्यार्थी सो सरह नै ‘लेक्चर मेथोड’बाट अध्ययन गर्नुभएको हो ।
कक्षा–१२ को परीक्षा भने सोही नगरपालिका–१ दिक्तेलबजारमा सञ्चालित दिक्तेल बहुमुखी क्याम्पसमा दिनुभएको थियो । सानो कक्षाहरुमा कसैले चासो नदिए पनि माथिल्लो तह नै उत्तीर्ण भएपछि स्थानीयवासी चकित परेका छन् ।
बोल्न र सुन्न नै नसके पनि उषकले कसरी अध्ययन गरे होलान् भन्नेमा स्थानीयको जिज्ञासा रहन्छ । फरक क्षमताका उषकलाई अध्यापन गर्न क...









