पुनः चुनिए दिलबहादुर तामाङ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
हालसालै भएको अभिभावकहरुको भेलाबाट टोखा नगरपालिका वडा नम्बर १ मा रहेको झोर महाङ्काल विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा पुनः दिलबहादुर तामाङ सर्वसम्मत चुनिएका छन् ।
अभिभावक तथा सरोकारवालाहरुको भेलाले तामाङलाई पुनः अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा दिपेन्द्र लामिछाने, सुनिता रानामगर, विश्वलाल विश्वकर्मा, रुपक तिवारी सदस्यको रुपमा चयन भएका छन् । साथै सो भेलाले अभिभावक शिक्षक संघ(PTA) को अध्यक्ष पदमा रामेश्वर बिडारीलाई चुनेको छ ।
वि . व्य. स.का अन्य पदाधिकरिमा विद्यालयका प्रधानाध्यापक सदस्य सचिवमा र PTA अध्यक्ष सदस्यमा स्वत रहने प्रावधान नियमावलीमा रहेको विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले जानकारी दिनु भयो ।
...
