सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र
खोटाङ, २० चैत । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले आफ्ना जिल्लाको शान्तिसुरक्षासँग सम्बन्धित सबै समस्याहरु तत्काल समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको छ । श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य राईले आज (शुक्रबार) सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिल्लाको शान्तिसुरक्षा सम्बन्धी समस्याहरु तत्काल समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।
गृहमन्त्री गुरुङको कार्यकक्षमै पुगेर बुझाइएको ज्ञापनपत्रमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित इलाका प्रहरी कार्यालय, छितापोखरी र भडारेघाटमा सञ्चालित अस्थायी प्रहरी चौकी भवन निर्माण गरिदिन माग गरिएको छ । जिल्लाका सबै अस्थायी प्रहरी चौकीहरु स्थायी गराउन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा स्था...









