यात्रुको चाप व्यवस्थापन गर्न दिक्तेल र जयरामघाटमा ‘यात्रु सहायता कक्ष’ स्थापना
खोटाङ, ६ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दसैँ, तिहार तथा छठ पर्वको समयमा हुने यात्रुको चापलाई व्यवस्थापन गर्न जिल्लाका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुको सुरक्षित, सहज र व्यवस्थित यात्राका लागि व्यवस्थापन गर्न दिक्तेल बजारको रत्नपार्कस्थित किरातचोक र जिल्ला प्रवेश गर्ने प्रमुख नाका जयरामघाटमा सहायता कक्ष सञ्चालन गरिएको हो ।
चाडपर्वको समयमा हुनसक्ने समस्या समाधान गर्न जिल्लाका दुई ठाउँ (प्रवेश र प्रस्थान)मा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले जानकारी दिनुभयो । यात्रु सहायता कक्षमा यात्रुहरूले भिडभाडका बीचमा यात्रा गर्दा पर्न सक्ने समस्या समाधान, ट्राफिक नियमबारे सचेतना, टिकट परीक्षण र भाडासम्बन्धी गुनासो राख्न सक्ने व्यवस्था गरिएको छ ।
क्षमताभन्दा बढी यात्रु बोक्ने...
