Wednesday, April 22

ताजा समाचार

जालपामा प्रदेश सरकारको लगानीमा आधुनिक किसिमको पुस्तकालय भवन निर्माण

कोशी प्रदेश, ताजा समाचार, समाचार
खोटाङ, १० भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा निर्माण गरिएको पुस्तकालय भवन उद्घाटन गरिएको छ । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ले आज (मङ्गलबार) औपचारिकरुपमा पुस्तकालय भवनको उद्घाटन गर्नुभएको हो । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रु २० लाख तथा विद्यालय व्यवस्थापन समितिको रु दुई लाख ३३ हजार ९०० लागतमा पुस्तकालय भवन निर्माण गरिएको प्रधानाध्यापक दिलबहादुर राईले जानकारी दिनुभएको छ । फलामे ट्रसमा इपिएस कोरियन प्यानल प्रयोग गरेर निर्माण गरिएको तीनकोठे पुस्तकालय भवन आधुनिक किसिमको बनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । गत असार–१५ गतेभन्दा अगाडि नै निर्माण सम्पन्न गरिएको पुस्तकालय भवन उद्घाटन गर्न जालपा पुग्नुभएका मन्त्री राईलाई विद्यार्थी तथा अभिभावकले स्वागत गरेका थिए । पुस्तकालय भवन उद्घाटनसँगै जालपाका...

दिक्तेलमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, स्टेशन र जनशक्ति कम हुँदा समस्या

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १० भदौ । जिल्ला प्रशासन कार्यालय खोटाङमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान दश बजेदेखि लाइनमा राखेर टोकन सिस्टममार्फत फारम भराउने गरिएको छ । तर, एउट स्टेशन अनि एकजनामात्रै कर्मचारी हुँदा पालैपालो फारम भर्ने प्रणालीले राति अबेरसम्म पर्खेर बस्दा पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् । वर्षाद्को समय भएकाले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका वृद्धावृद्धालाई राष्ट्रिय परिचयपत्र भर्न गाउँबाट जिल्ला प्रशासनसम्म आइपुग्न समस्या हुने गरेको छ । प्रशासन आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही प्रशासनको भुइँतला, कोही फलैचाँ त कोही जिल्ला समन्वय समिति खोटाङको पार्किङस्थलमा बसिरकेका भेटिन्छन् । आफन्त वा परिवारका अन्य सदस्यको साथ लिएर दैनिक १०० जनाभन्दा बढी जिल्ला प्रशासन आउने गरेका छन् । गाडी रिजर्भ गरेर आएका अधिकांश सेवाग्राहीले यस्तै सास्ती खेप्दै आएका छन् । पछिल्लो समय सामाजिक...

पूर्वराष्ट्रपति भण्डारीलाई देशको नेता बनाउन सक्रिय राजनीतिमा रोक लगाएका हौँ : नेता भट्टराई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिब्यूरो सदस्य विशाल भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ । एमाले खोटाङले आज (सोमबार) खोटाङको दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको मात्र नेता नभइ देशकै साझा नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ । संविधानसभा सदस्य एवम् एमाले संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहनुभएका नेता भट्टराईले एमाले स्थायी समिति, पोलिटब्यूरो तथा केन्द्रीय समितिका बहुमत सदस्यले गरेको निर्णय पूर्वराष्ट्रपति भण्डारीको हितमा रहेको पनि दाबी गर्नुभयो । “विद्यादेवी भण्डारी दुई पटक राष्ट्र प्रमुख भएको सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँ पुनः सक्रिय राजनीतिमा आउँदा त्यो पदको ओझ घट्छ भन्ने पार्टीको ठम्याइ...

बैङ्क परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्ने लाभग्राहीलाई समस्या

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ९ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैङ्क परिवर्तन हुँदा लाग्राहीलाई समस्या भएको छ । सालपा विकास बैङ्कले यसअघि वितरण गर्दै आएको दशवटामध्ये पाँचवटा वडा यस आर्थिक वर्ष २०८२÷८३ देखि छाडेपछि अर्को बैङ्क परिवर्तन गर्नुपर्दा लाभग्राहीहरु समस्यामा परेका हुन् । पन्ध्र वडा रहेको यो नगरपालिकामा सालपा विकास बैङ्कले यस आर्थिक वर्षदेखि वडा नं. ५ लफ्याङ, ६ नेर्पा, ७ दोर्पाचिउरीडाँडा, ८ दोर्पाबुवालुङ, १० पाथेका र ११ खार्मी छाडेर वडा नं. १ दिक्तेल, ३ बाम्राङ, १३ नुनथला र १४ बुइपामा मात्रै वितरण गर्ने भएको छ । सालपा विकास बैङ्कले छाडेको वडा नं. ८ दोर्पाबुवालुङ र ११ खार्मीको अहिलेसम्म बैङ्क नै टुङ्गो लागेको छैन । वडा नं. ८ दोर्पाबुवालुङमा नविल बैङ्क र वडा नं. ११ खार्मीमा एनआईसी एसिया बैङ्कले सामाजिक सुरक्षाभत्ता वितरणको काम गर्ने भनेर सहमति गरेपनि सम्झौ...

सफा, सुन्दर र सँस्कारसहितको पालिका बनाउन साकेलामा श्रमदान अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ भदौ । झरी, बादल, वर्षा तथा सार्वजनिक बिदासमेत नभनी यतिबेला साकेला गाउँपालिका खोटाङमा जनश्रमदान अभियान सञ्चालन भइरहेको छ । श्रमदान अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने लगायतका काम थालिएको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध जेसिबी र ट्याक्टरको साथमा केही प्राविधिक र कर्मचारीको साथमा दिनहुँ जनश्रमदानमा भेटिनुहुने गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियान चलाउनुभएको छ । भौतिक विकासले मात्र परिवर्तन सम्भव नहुने बताउनु...

१२ वर्षीया बालिका मृत फेला प्रकरण : सत्यतथ्य छानबिन गर्न १२ सङ्घ÷सङ्गठनको माग

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ५ भदौ । झुन्डिएको अवस्थामा मृत फेला परेकी हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी १२ वर्षीया तारा अछामीको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकासहित निष्पक्ष छानबिन र अनुसन्धानको कामलाई तीव्रताका साथ अगाडि बढाउन माग गर्दै जिल्लास्थित विभिन्न १२ सङ्घ÷सङ्गठनले जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियु खोटाङ, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल खोटाङ, महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङ, महिला एकता अध्ययन केन्द्र खोटाङ, बालसेवा समाज नेपाल नेर्पा खोटाङ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटाङ, अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङ, महिला उद्यमी सङ्घ खोटाङ, खोटाङ दलित उद्यमी सहकारी संस्था, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), गैरसरकारी संस्था महासङ्घ र नेपाल महिला सङ्घ खोटाङले आज (बिहीबार) प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ...

‘शुभशेर राई स्मृति प्रतिष्ठान’द्धारा दुई शिक्षक र एक विद्यार्थी पुरस्कृत, छजनालाई सम्मान

गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ५ भदौ । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने दुईजना जिल्ला उत्कृष्ट शिक्षक र एकजना विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट आज (बिहीबार) पुरस्कृत तथा सम्मान गरिएको हो । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्कार–२०८२’बाट पञ्चकन्या माध्यमिक विद्यालय विजयखर्क मालाका पूर्वप्रधानाध्यापक प्रेमकुमार श्रेष्ठ र पञ्च माध्यमिक विद्यालय दिक्तेलका शिक्षक पदमप्रसाद आचार्य...

सूचनाको हक सम्बन्धी अन्तरक्रिया : सूचना अधिकारीलाई नै उपलब्ध हुँदैन सूचना

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३ भदौ । खोटाङको दिक्तेलमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुले कार्यालयले दिएको जिम्मेवारीअनुसार आफूहरुलाई नै सूचना प्राप्त नहुने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया’ कार्यक्रममा सहभागी सूचना अधिकारीहरुले यस्तो गुनासो गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लास्थित सम्पूर्ण कार्यालयका सूचना अधिकारीहरुको प्रतिनिधित्व गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको अनुभव सुनाउनुभएको छ । “कार्यालयले कुनै एकजना कर्मचारीलाई सूचना अधिकारी भनेर जिम्मेवारी दिएको हुन्छ । मैले कार्यालयले...

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २ भदौ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनाको अवधिमा जिल्ला अस्पताल खोटाङमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन आज (सोमबार) दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजि गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ । लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य सङ्घ, होटल व्...

बेलुका सात बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेलुका सात बजेपछि धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक लगाएको छ । सौन्दर्यकरण गर्नेक्रममा झिलीमिली बत्तीसहित विभिन्न संरचान तयार गरिएसँगै राति अबेरसम्म मानिसहरुको भीडभाड तथा होहल्ला हुन थालेपछि नगरपालिकाले आज (भदौ–१ गते)बाट लागू हुनेगरी बेलुका सात बजेपछि भगवती मन्दिर तथा मझुवागढी प्रवेशमा रोक लगाएको हो । कालिका भगवती मन्दिर तथा मझुवागढीमा राति अबेरसम्म मानिसको भीडभाड तथा होहल्ला भएको गुनासो आएपछि शान्तिसुरक्षाको दृष्टिकोणले बेलुका सात बजेपछि आवतजावतमा रोग लगाइएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ । “धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी प्रवेशका लागि निश्चित समय निर्धारण गर्नुपर्ने सुझाव आएको छ । जिल्ला सुरक्षा समिति तथा स्थानीयको सुभावको आधारमा ...