काँग्रेसले दियो खोटाङमा महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई उम्मेदवारको टिकट
खोटाङ, ५ माघ । नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएको छ । काँग्रेस खोटाङका पूर्व जिल्ला सचिवसमेत रहनुभएका महाधिवेशन प्रतिनिधि वीरकाजीलाई काँग्रेस केन्द्रीय समितिले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सोमबार टिकट दिएको हो ।
केपिलासगढी गाउँपालिका–१ फेदी निवासी वीरकाजी नेपालमा प्रजातन्त्र बहालीपछि काँग्रेस खोटाङका विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्षसमेत रहनुभएका वीरकाजीलाई काँग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएपछि नेता तथा कार्यकर्ताहरुले शुभकामना दिइरहेका छन् ।
वि.सं. २०३१ कातिक–२५ गते फेदीका स्थानीयवासी दलबहादुर र ओमादेवी राईको कोखबाट जन्मनुभएका वीरकाजीले वि.सं. २०५० सालमा एसएलसी उत्तिर्ण गर्नुभएक...









