Sunday, September 13

ताजा समाचार

साथीले ढालेको रुखले किचेर सँगै काम गरिरहेका अर्का साथीको मृत्यु

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २४ मङ्सिर । गोलिया काठ काट्नेक्रममा रुखले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रुख ढालेर गोलिया काठ काट्नेक्रममा आज (सोमबार) दिउँसो मौवाको सुकेको रुख ढलेर किच्दा दमाईको घटनास्थलमै मृत्यु भएको हो । साथीले काटेको रुख ढल्नेक्रममा गोलिया काठ सङ्कलन गरिरहेका मृतक दमाई नजिकै रहेको मौवाको सुकेको रुखमा ठोक्किदा उक्त सुकेको रुखले थेग्न नसक्दा ढल्नेक्रममा किचेर उनको मृत्यु भएको जानकारी प्राप्त भएको खार्पाका वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिनुभयो । “मृतक दमाई हप्ता दिनअघि यहाँ काम गर्न आएका रहेछन् । ज्यालादारी कामका लागि आएका उनको रुखले किचेर मृत्यु भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “ज्यालादारी काम गर्दै आएका मजदुरको मृत्यु भएको खबर पाएपछि ...

हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

गृह पृष्ठ, ताजा समाचार, समाचार
खोटाङ, २३ मङ्सिर । रावाबेँसी गाउँपालिका–६ हौँचुरका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको न्यानो सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयबाट जेष्ठ नागरिक सम्मान शीर्षकमा विनियोजित बजेटले खरिद गरिएको फाइबरको सिरक आइतबार एक कार्यक्रमका बीच वडाभित्रका ४५ जना ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको हो । ज्येष्ठ नागरिकको सम्मानसहित उहाँहरुलाई चिसोबाट बचाउन फाइबरको न्यानो सिरक उपलब्ध गराइएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । “हिउँद लागेसँगै हाम्रो वडामा जाडो वृद्धि हुँदै गएको । लेकाली भेगमा बसोबास गर्ने जेष्ठ नागरिकहरु जाडोको समयमा बिरामी पर्ने गर्छन् । उहाँहरुलाई स्वस्थ राख्न यस वर्ष न्यानो सिरक उपलब्ध गराएका हौँ”, उहाँले भन्नुभयो, “हाम्रो वडामा धेरै जेष्ठ नागरिक बिपन्न परिवारका छन् । वडामा रहनुभएका ज्येष्ठ नागरिकमध्ये बिपन्न समुदायका छनोट गरेर उनीहरुलाई जाडो छल्ने फाइबरको सिरक उपलब्ध गराए...

प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ : राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने तयारी

अर्थ, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार
खोटाङ, २१ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ । नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन–१५ गतेदेखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक–एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको हो । बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने भनेर कार्यपालिका बैठकले निर्णय गरिसकेका छौँ । निर्णयको प्रतिलिप...