Wednesday, April 22

गृह पृष्ठ

खोटाङमा डेङ्गु र स्क्रबटाईफसको सङ्क्रमण बढ्दै, चार जनालाई काठमाडौँ रिफर गरियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालय खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जनामा स्क्रबटाईफसको सङ्क्रमण देखिएको हो । डेङ्गु र स्क्रबटाईफसका सङ्क्रमण देखिएका बिरामीमध्ये दुई÷दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिनुभएको छ । जिल्लाबाट रिफर गरिएका उनीहरु सबैजनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा डेङ्गु तथा स्क्रबटाईफसको सङ्क्रमण दिनानुदिन वृद्धि हुँदै गएपछि जोखिम बढेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख चौलागाईँले जानकारी दिनुभएको छ । जिल्लाका छ÷छ जना महिला÷पुरुषमा डेङ्गु तथा नौँ पुरुष र पाँच जना महिलामा स्क्रबटाईफसको सङ्क...

भारतीय सेनाका पूर्वसुवेदार पर्खनबहादुर राईको साँस्कृतिक पुस्तक विचोचन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ३१ साउन । संस्कृतिकर्मी पर्खनबहादुर राईद्धारा लिखित ‘तुङसाप रोदुङ वुलिमचिनिमा मुन्दुम’ नामक साँस्कृतिक पुस्तक विमोचन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा निवासी ८८ वर्षीय राईले लेख्नुभएको पुस्तक साउन–३१ गते विमोचन गरिएको हो । किरात सेवा समाज खोटाङको पाँचौँ साधारणसभाको अवसरमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पुस्तक विचोमन गर्नुभएको छ । पुस्तकमा मुन्दुममा उल्लेख भएअनुसार किरात राईको जन्मदेखि जीवन निर्वाह, भाषा, धर्म, संस्कार, संस्कृति, कला कौशल र मृत्युसम्मको विषयलाई चित्रण गरिएको छ । भारतीय सेनाका पूर्वसुवेदार राईले नेपाली र चाम्लिङ भाषामा लेख्नुभएको पुस्तक ११० पृष्ठको छ । वि.सं. १९९६ पुस–१७ गते जन्मनुभएका राईले वि.सं. २०६१ सालमा किरात चाम्लिङ बडाछा (माथा) परिवार वंशावली, वि.सं...

आफ्नै घरमा सुतिरहेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३० साउन । जिल्ला १२ ठेगाना दिइएकी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका ३७ वर्षीय सुमन राई पक्राउ परेका छन् । साङ्केतिक नाम चार (४) राखिएकी ती महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा शुक्रबार राति २ः१५ बजेको समयमा आएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुमनलाई घटनास्थलबाटै पक्राउ गरेको हो । विवाहित महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुमनलाई जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । “पीडित भनिएकी महिलाले दिएको जानकारीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीले आरोपित सुमनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको छ । विवाहित अवस्थाका आरोपित सुमनलाई हिरासतमा राखेर अनुसन्धान सुरु...

दिक्तेलबजारमा लाखेजात्राको रौनक, दश ठाउँका लाखे टोलीद्धारा एकसाथ कला प्रदर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २८ साउन । साउनेझरी । कुहिरोले ढपक्कै ढाकिएको दिक्तेलबजार । अटिनअटी मान्छेको भीड । ढोल र झ्याम्टाको तालसँगै नाचिरहेका लाखे । नेवार समुदायले परम्परागतरुपमा लगाउँदै आएका एकै किसिमको पहिरणमा सजिएका कलाकारको रोपाइँ नृत्य, ठाकठुके (लाठी) नाच, प्रहसन र साँगीतिक कार्यक्रमले दिनभर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । नेवार समुदायको महान चाड लाखेजात्राको अवसर पारेर आज (साउन–२८ गते बुधबार) दिक्तेलबजार सामाजिक गुठी खोटाङको निमन्त्रणामा जिल्लाका विभिन्न दश ठाउँबाट आएका नेवार समुदायले संयुक्तरुपमा लाखेजात्रा प्रदर्शन गरेका थिए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको रत्नपार्कबाट सुरु गरिएको लाखेजात्रा प्रदर्शनी कार्यक्रममा दिक्तेल, खाल्ले, सोल्मा, बुइपा, राजापानी, खार्मी, जालपा, निर्मलीडाँडा, दोवेला र अर्खौलेका लाखे टोलीले आ–आफ्नो ठाउँ विशेषको कला प्रदर्शन गरेका थिए । नेवार समुदा...

आगलागीपीडित तामाङ दम्पतीलाई घर बनाइदिन सात लाख ७५ हजार सहयोग सङ्कलन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २८ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका आगलागीपीडित वृद्धावस्थाका तामाङ दम्पतीका लागि घर निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराइएको छ । यही साउन–१८ गते बेलुका अगेनाबाट सल्किएको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएर बिचल्लीमा पर्नुभएका ७० वर्षीय जितबहादुर र ७१ वर्षीया सुकुमाया स्याङ्तान तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न रु सात लाख ७५ हजार ५७७ आर्थिक सहयोग उपलब्ध गराइएको हो । वर्षाद्को पानीले भिजेको डोको अगेनामा सुकाउनेक्रममा डोकोबाट सल्किएको आगोले तामाङ दम्पतीको फुसको छाना भएको दुईतले घर तथा घरमा भएका सामग्री पूर्णरूपमा जलेर नष्ट हुँदा रु १३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि बिचल्लीमा पर्नुभएका तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न साउन–१९ गते बसेको स्थानीयवासीको भेलाले नुनथलाका नि...

साकेला गाउँपालिकाको सरस्वती माविमा २४ लाख लगानीको व्यवस्थित पुस्तकालय

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २८ साउन । साकेला गाउँपालिका–५ मात्तिममा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा रु २४ लाख लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टसँगको समन्वय तथा पाहार ट्रष्ट नेपालको लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको हो । विद्यालयमा पुस्तकालय स्थापनाका लागि पाहार ट्रष्ट नेपाल पोखराका अध्यक्ष बिजुलीबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईबीच सम्झौता भएको छ । पुस्तकालय सञ्चालनका लागि पाहार ट्रष्ट नेपालद्वारा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमको अवसरमा उक्त सम्झौता गरिएको हो । वि.सं. २०८१ माघदेखि सुरुवात गरिएको पुस्तकालयको सम्पूर्ण काम वि.सं. २०८३ पुस मसान्तसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सितल राईले जानकारी दिनुभएको छ । पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, भौतिक संरचना, पुस्तक लगायतको काम पहार ट्रष्ट नेपालले...

ऐसेलुखर्क गाउँपालिकाको दुई दिने एकीकृत सेवा शिविर काठमाडौँको चाबहिलमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ साउन । ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँमा बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरेर दुई दिने एकीकृत सेवा शिविर सुरुवात गरेको छ । काम विशेषले राजधानी काठमाडौँ बस्दै आएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर उनीहरु बसिरहेकै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले दुई दिने एकीकृत सेवा शिविर आयोजना गरेको हो । काठमाडौँस्थित चाबहिलको फुजी एकेडेमीमा सञ्चालन गरिएको दुई दिने एकीकृत सेवा शिविर गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारीले संयुक्त रुपमा ९२ वर्षीया दिलकुमारी राजभण्डारीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रमाणपत्र दिएर औपचारिक शुभारम्भ गर्नुभएको छ । शिविरको पहिलो दिन विभिन्न वडाका १२० जना नागरिकले सेवा लिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले दिनुभएको छ । शिविरमा ...

मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइयो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २६ साउन । अविरल वर्षाका कारण पहिरो झरेर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तरगत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज (सोमबार) बिहान करिब आठ बजे पहिरो झर्दा अवरुद्ध बनेको सडक बेलुका सात बजेबाट पुनः सञ्चालनमा ल्याइएको हो । अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएर बीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका थिए । करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो हलेसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “अवरुद्ध सडक खुलाउन सबै संयन्त्र प्रयोग ग¥य...

चिहानबाट उठाइएको दिदीभाइको शव परिवार सम्पर्कमा नआउँदा परीक्षण हुन सकेन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २६ साउन । परिवारका सदस्य सम्पर्कमा नआउँदा चिहान (समाधिस्थल)बाट प्रहरीले उत्खनन् गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याएको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ खोरम्बुस्थित सापातेलका दिदीभाइको शव अस्पतालको शव परीक्षण गृहमा थन्किएको छ । सापातेलका गोविन्द बस्नेतको ११ वर्षीया छोरी मेनिषा बस्नेत र छ वर्षीय छोरा मेगराज बस्नेतको शव प्रहरीले चिहान उत्खनन् गरेर परीक्षणका लागि साउन–२५ गते राति जिल्ला अस्पताल खोटाङ ल्याएको हो । यही साउन–२२ गते राति करिब आठ बजे आफ्नै बुबा गोविन्दले जङ्गलमा मृत फेला पारेका दुई बालबालिकाको शवलाई रातभरि गाउँललेले त्यही रुँगेर भोलिपल्ट शुक्रबार छोरम्बुस्थित सापातेल लगेर दाह संस्कार गरेका थिए् । फरक–फरक ठाउँमा मृत भेटिएका दुई बालबालिकाको लडेर मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरी दाह संस्कार गरिएको गाउँलेले बताएका छन् । दुर्घटनामा ज्यान गुमाएका दुई ब...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बोलबमका लागि हलेसी आउने तीर्थालु अलपत्र

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २६ साउन । लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज (सोमबार) बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा तराई जाने÷आउने यातायातका सवारी साधन तथा यात्रुहरु बीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन् । करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता (दिक्तेल)बाट जानेलाई दुर्छिममा रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीषक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । पहिरोका कारण जयराम–हलेसी सडक अवरुद्ध हुँदा सबैभन्दा बढी त्रिधार्मिकस्थल हलेसीम...