खाना पकाउने ग्याँसबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
खोटाङ, ४ फागुन । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागी करिब साढे चार घण्टापछि नियन्त्रणमा लिइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम रार्इृको घान्छा कोठाको ग्याँस सिलिन्डरबाट साँझ छ बजेतिर शुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायका टोलीले राति करिब ११ः०० बजे नियन्त्रणमा दिएको हो ।
आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराछ राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति भएको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलोमात्रामा धनमाल लजेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।
सुख्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगलागी नियन्त्रणमा लिन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो । “आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आं...
