हाइड्रोपावर कम्पनीले क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिद्धारा आन्दोलनको घोषणा
खोटाङ, २८ माघ । केपिलासगढी गाउँपालिकामा सञ्चालित हाइड्रोपावर कम्पनीहरुले जग्गाधनीहरूलाई क्षतिपूर्ति नदिएको भन्दै सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समिति केपिलासगढी गाउँपालिका खोटाङले सोमबार दिक्तेलमा पत्रकार सम्मेलनको आयोजना गरेर गाउँपालिकाभित्र सञ्चालित तीववटा हाइड्रोपावर कम्पनीहरुले तत्काल जग्गाधनीहरुलाई क्षतिपूर्ति नदिएको खण्डमा चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।
रावा इनर्जी डेभलभमेन्ट कम्पनी लिमिटेड, हलेसी उर्जा कम्पनी लिमिटेड र लोवर मीड रावाखोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्टले स्थानीय जग्गाधनीहरुलाई क्षतिपूर्ति नदिएको सङ्घर्ष समितिका संयोजक माइतीराज राईले जानकारी दिनुभयो । “हाइड्रोपावर कम्पनीहरु मुनाफाको लागि सञ्चालन गरिएको हो । उनीहरुलो स्थानीय जनतालाई ठगी गरेको छ”, उहाँले भन्नुभयो, “जनता ठगीमा परेको विषयमा स्थानीय सरकारलाई समे...
