दिक्तेल–तराई छोटो दूरीको सडक अन्तिम चरणमा
फागुन–२३, खोटाङको दिक्तेलबजार र तराई जोड्ने सबैभन्दा छोटो सडक निर्माण कार्य सकिन लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित आहालेदेखि रेग्मीटारसम्मको १४ दशमलब ५ किलोमिटर सडक निर्माण कार्य अन्तिममा पुगेको हो ।
यसै आर्थिक वर्ष सक्ने गरी धमाधम काम भइरहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । सदरमुकाम दिक्तेलदेखि तराई जोड्ने सबैभन्दा छोटो सडक भएकाले यसलाई प्राथमिकतामा राखिएको नगरप्रमुख भट्टराईको भनाई छ । आहालेदेखि रेग्मीटारसम्म निर्माण सकिएपछि उक्त सडक सगरमाथा लोकमार्गसँग जोडिन्छ । सडक बनेपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने वाध्यताको अन्त्य हुने नगरप्रमुख भट्टराईले जनाउनुभयो ।
निर्माण हुन करिब पाँच सय मिटर मात्र बा...
