मझुवागढी कालिका भगवती फुटबल कप–२०८१ : सोल्माको विजयी यात्रा शुरु
खोटाङ, २० पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा शुरु भएको ‘मझुवागढी कालिका भगवती फुटबल कप–२०८१’ अन्तरगत दोस्रो संस्करणको खुला अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा सोही नगरपालिकाको वडा नं. २ सोल्माले आफ्नो विजयी यात्रा शुरुवात गरेको छ । लफ्याङस्थित रणजितमान राई खेलमैदानमा आज (शनिबार) भएको उद्घाटन खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलालाई शून्यका विरुद्ध दुईगोल गर्दै सोल्माले विजयी यात्रा शुरुवात गरेको हो ।
वडा कार्यालय लफ्याङको आयोजना तथा नमूना स्पोर्टस् क्लब लफ्याङको सहआयोजनामा शुरु भएको अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न दशवटा वडाका खेलाडी टोली सहभागी भएका छन् । अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिताका विजेता टोलीले नगद रु एक लाख ५१ हजार १११ तथा उपविजेता टोलीले नगद रु एक लाख एक हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सहआयोजक नमू...
