किरात ऐतिहासिकस्थल केपिलासगढीमा गाउँ कार्यपालिकाको बैठक
खोटाङ, ११ पुस । केपिलासगढी गाउँपालिका खोटाङले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधा सम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने ऐतिहासिकस्थल केपिलासगढीको खुला चउरमा सञ्चालन भएको हो ।
केपिलासगढी गाउँपालिकाका अधिकांश जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त ऐतिहासिकस्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राई ‘युनिक’ले जानकारी दिनुभयो । “गाउँपालिकाको नामाकरणको आधारसमेत रहेको किरात ऐतिहासिक केपिलासगढीमा गाउँ कार्यपालिकाका अधिकांश सदस्य पुग्नुभएको थिएन । बैठकको माध्यमबाट उहाँहरुलाई ऐतिहासिकस्थलको भ्रमण गराइएको छ”, उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकले ऐतिहासिकस्थल केपिलासगढीको संरक्षण तथा प्रवद्र्धन गर्ने निर्णय गरेको छ । यसका लागि आगामी आर्थिक वर्ष ब...
