श्रम साकेला अभियान : जनश्रमदानमार्फत साकेला थान र पार्क (उद्यान)को सरसफाइ
खोटाङ, ५ वैशाख । साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तरगत शनिबार वडा नम्बर–२ को आयोजनामा ऐतिहासिक तथा धार्मिकस्थल साकेला थान र साकेला पार्क (उद्यान) क्षेत्रमा बृहत सरसफाइ गरिएको छ । हजारौँ वर्ष पुरानो सांस्कृतिक सम्पदा तथा धार्मिक पर्यटकीयस्थलको संरक्षण र सौन्दर्यकरणलाई निरन्तरता दिने उद्देश्यले जनश्रमदानमार्फत सरसफाइ गरिएको हो ।
गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । गाउँपालिकाले सुरु गरेको श्रमदान अभियानमार्फत साकेला थान र साकेला पार्कमा गरिएको सरसफाइले स्थानीयस्तरमा स्वच्छता र वातावरणीय जिम्मेवारीबोध बढाउन सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् ।
स्वच्छता केवल सरसफाइको काम मात्र नभइ सभ्य समाज निर्माणको आधार भएकाले जनश्रमदानमार्फत धार...









