बाँसुरीको धुनसँगै झुमेको खोटाङ
खोटाङ, २० माघ । माघ महिनाको मध्येतिर धुम्मिएको दिन । बिहानको करिब ११ बजेदेखि गुञ्जनु शुरु भएको बाँसुरीको धुन गहिरो ठण्डी (ठिही) बढेको साँझ करिब आठ बजेसम्म अटुट रह्यो । बाँसुरीको धुनमा मिसिएका तबला, सारांगी, मादल लगायतका ताल र धुनहरु सुनमा सुगन्ध बनेका थिए ।
मुख्य आकर्षण थिए चर्चित बाँसुरी बाद्यक नरेन्द्रबिक्रम राई । नरेन्द्र लगायत नेपालका बिभिन्न जिल्लाबाट आएका बाँसुरी बाद्यकका धुनमा मन मिसाउन खोटाङका उल्लेख्य संगीतप्रेमीको भीड लागेका थिए । ख।ेटाङको दिक्तेलबजारस्थित सरस्वती माबिमा गुञ्जिएका फरक–फरक स्केलका बाँसुरी र त्यसबाट सिर्जित धुनहरुले जिल्लाबासीको जाडो छलिरहेका थिए ।
सन्दर्भ, प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्व सन्ध्यामा खुला बाँसुरी बाद्यन तथा स्कुल स्तरीय गायन÷बाद्यन प्रतियोगिता–२०८१ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हालै आयोजना गरेको उक्त कार्यक्रममा नेपालका चर्चित...
