फागुन–२२, खोटाङमा पछिल्लो समय चित्रकलाप्रतिको क्रेज बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केही महिना अघि आयोजना गरेको बृहत अन्र्तराष्ट्रिय चित्रकला प्रदर्शनी लगायतकका कार्यक्रम आयोजना गरेपछि सोप्रति सबैको रुचि बढेको पाईएको हो ।
चित्रकला सम्बन्धी बिबिध कार्यक्रम आयोना गर्दै आएको नगरपालिकाले ‘नगर प्रमुखसँग बिद्यार्थी’ कार्यक्रम अनतर्गत बिद्यालय स्तरीय खुला चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । बिभिन्न बिद्यालयका ७२ जना बिद्यार्थी सहभागी प्रतियोगितामा दिक्तेल ईङलिस सेकेण्डरी बोर्डिङ स्कुल दिक्तेलबजारकी साम्खामा राई प्रथम हुनुभएको छ । यस्तै, ज्योति माबि जालपाका प्रतीक बिश्वकर्मा दोश्रो र दिक्तेल बोर्डिङकै शिखा राई तेश्रो हुनुभएको आयोजकले जनाएको छ । प्रथम, दोश्रो र तेश्रो बिद्यार्थीले क्रमशः नगद १५ हजार, १० हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सरस्वती माबि दिक्तेलकी आदित्य खत्री, ज्योति माबिका निरुपण राई र दिक्तेल ईङलिस बोर्डिङका याक्सन राईलाई सान्तवना पुरस्कार प्रदान गरिएको छ । सान्तवना हुने बिद्यार्थीहरुले पुरुस्कार बापत नगद दुई हजार रुपैंयाँ सहित ट्रफी तथा प्रमाणपत्र हात पारेका छन् ।

फागुन–२१ अर्थात बुधबार सम्पन्न प्रतियोगितामा बिभिन्न पाँच बिद्यालयका पाँच जना बिद्यार्थीलाई उत्कृष्ट सहभागी समेत घोषित गरिएको छ । साना उमेरका उत्कृष्ट सहभागीलाई जनही एक हजार रुपैंयाँ नगद सहित बपुरस्कृत गरिएको नगरपालिका शिक्षा शाखाका सुवास राईले बताउनुभयो ।
प्रतियोगितामा नेपालकै चर्चित चित्रकार तथा मुर्तिकार धनु याख्खाले बिद्यार्थीका लागि आवश्यक परे चित्रकला तथा मुर्तिकलाका लागि निःशुल्क सामाग्री प्रदान गर्ने घोषणा गर्नुभयो । याख्खा लगायत लिथोनियाका नागरिक अन्र्तराष्ट्रिय चित्रकार म्यारिय, अष्ट्रेलियन नागरिक तथा बरिष्ठ चित्रकार रे माष्टेन, चित्रकार बिबेक मुकारुङ लगायतको उपस्थिती थियो ।
नगरपालिकाले यस प्रतियोगिता तथा चित्रकला क्षेत्रलाई केन्द्रीत गर्दै अष्ट्रेलियन बरिष्ठ चित्रकार रे माष्टेनको प्रशिक्षणमा चित्रकला बिशेष तालिमको समेत आयोजना गरेको थियो । केही समयअघि लैनसिंह बाङ्देलको भूमि भएकोले पनि चित्रकला क्षेत्रलाई सिर्जनासँग जोड्दै प्राथमिकता दिँदै आएको मेयर तीर्थरा भट्टराईको उक्ति छ । मेयर भट्टराईका अनुसार यस कार्याक्रमलाई निरन्तरता दिने योजना रहेको छ ।।

