खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरु गरिएको छ । बाम्राङ सङखुका ज्ञानबहादुर राईले मेसिन मार्फत ब्यवसायिक रुपमा दुना–टपरी उत्पादन गर्न सुरु गर्नुभएको हो ।
बिहे–कार्जे भोज–भतेरमा दुना टपरीमा खाने परम्परा लोप हुँनै लागेकाले दुना–टपरी बनाउन सुरु गरेको राईले बताउनुभयो । दुना टपरी उद्योगमा निम्न आर्थिक अवस्थाकाहरूलाई रोजगारीको मेसो बनेको समेत राईको भनाई छ । दुना–टपरी सालको पातबाट बनाइन्छ । दुना–टपरीको कारण सालको पातको समेत सदुपयोग हुने गरेको छ । सालको पातलाई प्रतिमुठा ३५ देखि ६० रूपैयाँसम्ममा खरिद गरिदिने गरेको र दुना–टपरी गाँस्नेलाई प्रतिगोटा एक रूपैयाँका दरले दिने गरेको राईको सुनाउनुभयो ।
प्लाष्टिकजन्य वस्तुले शहरबजार मात्र नभएर गाउँघरसम्म फोहोर बनाउनुका साथै वातावरणमा समेत प्रतिकुल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न दुना–टपरी उपयोगी हुने उद्योग सञ्चालको राई ठहर छ । उत्पादन गरेको दुनाको मुल्य प्रतिगोटा पाँच रूपैयाँ र टपरीको मुल्य प्रतिगोटा ८ रूपैयाँका दरले निर्धारण गरेको राईले सुनाउनुभयो ।
