भ्वाइसमा तीन कुर्सी घुमाउन सफल प्रदीप भन्नुहुन्छ, “उपाधि जित्ने चाहना हुँदाहुँदै ब्याटल नै गुमाएर विदेशिन बाध्य भएँ !”
खोटाङ, ७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय प्रदीप राईले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनमा तीनवटा कुर्सी घुमाउन सफल हुनुभएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुने नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको छैटौँ संस्करण अन्तरगत यही माघ–५ गते शनिबार राति प्रशारण गरिएको ब्लाइण्ड अडिशनमा प्रदीपले गायक तथा सँगीतकार पदम राईको स्वरमा रहेको ‘यसो हेरे पूर्व तिर...’ बोलको गीत गाउनुभएको थियो ।
बिगत दश वर्षदेखि साँगीतिक यात्रामा सक्रिय रहनुभएका प्रदीपले भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनमा दिनुभएको प्रस्तुतिको भिडियो क्लिप्स सामाजिक सञ्जाल टिकटक, रिल तथा फेसबुक पेजहरुमा भाइरल बनेको छ । पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ खार्मीमा जन्मिएर साँगीतिक क्षेत्रमै भविष्य खोजिरहनुभएका प्रदीप भ्वाइस अफ नेपालको ब्लाइण्ड अडिशनबाट ब्याटल अडिशनका लागि छनोट भएपछि आफन्त तथा शुभ...
