Wednesday, July 29

Author: खाँटी कुरा

बोल्न र सुन्न नसक्ने भन्दै चन्दा माग्ने दुई युवक प्रहरी नियन्त्रणमा

कोशी प्रदेश, समाचार
खोटाङ, १७ मङ्सिर । बोल्न नसक्ने र कानसमेत नसुन्ने भन्दै चन्दा मागेर हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङले दुई युवालाई पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनि उपलब्ध गराएको नक्कलीपत्रको आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिड्ने दुई युवालाई प्रहरीले आज (सोमबार) पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको क्रियाकलाप शङ्कास्पद लागेपछि सोधपुछ गर्दा बास्तविक नामथर बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका स्थानीयवासी १९ वर्षीय अजयराम चमार र सोही स्थानका १९ वर्षीय जितेन्दरराम चमार पुष्टि भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी,प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । “शहीद लखन गाउँपालिकामा जम्मा नौँवटा मात्रै वडा छ । उन...

आफूले उत्पादन गरेको किवीले बजार नपाउँदा कृषक चिन्तित

कृषि, समाचार
खोटाङ, १७ मङ्सिर । केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्म फलेका किवी पाकिसकेका छन् । विसं. २०७० सालबाट किवीको व्यवसायिक खेती शुरु गर्नुभएका राई जिल्लाकै पहिलो किवी कृषक हुनुहुन्छ । शुरुका वर्षहरुमा प्रति केजी रु ४०० सम्मले किवी बिक्री गर्नुभएका राईले यस वर्ष पाकिसक्दा पनि बोटबाट टिप्नुभएको छैन । राईको फार्ममा यस वर्ष करिब चार हजार किवी उत्पादन भएको जनाइएको छ । विशेषगरी किवीका बिरुवा (बेर्ना) उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष रु १४ लाख बढीको बिरुवा बिक्री गर्नुएको थियो । करिब २५ रोपनी खोतीयोग्य जमिनमा किवी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भवना नभएपछि वाइन, हुस्की, जुस लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनी जमिनमा किवी खेती गर्नुभएको छ । एघार वर्षअघि व्यवसायिकरुपमा किवी...

‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ सफल बनाउन दिक्तेल बजारमा रेडपान्डा र थार महोत्सव

पर्यटन, समाचार
खोटाङ, १५ मङ्सिर । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसरमा ‘रेडपाण्डा र थार महोत्सव’ गर्ने भएको छ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलहरुमा पाइने लोपोन्मुख जनावरहरु रेडपान्डा र थारको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रशार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्ने तयारी गरिएको हो । महोत्सवका लागि मुन्दुम ट्रेलसँग जोडिएका वडाका वडाअध्यक्षहरू, सामुदायिक वन महासङ्घ सम्मिलित कार्यदलले विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसको आधारमा महोत्सवको मिति निर्धारण गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । “मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५लाई प्रभावकारी र सफल बनाउन स्थानीय तहहरुको महत्वपूर्ण भूमिका रहन्छ । भ्रमण वर्षमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर हामीले रेडपान्डा र थार महोत्सव आयोजना गर्ने निर्णय ग...

जथाभावी फालिएका शिशाजन्य बोत्तल व्यवस्थापन गर्न व्यवसायीलाई ३५ दिने अल्टिमेटम

अर्थ, समाचार
खोटाङ, १४ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभावी छरिएका वा फालिएका शिशाजन्य बोत्तलहरु ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीहरुलाई अल्टिमेटम दिएको छ । व्यवसायको नाममा बाहिरी जिल्लाबाट आयात हुने पेय पदार्थका बोत्तलहरु प्रयोग गरिसकेपछि जथाभावी पालिएका कारण नगरपालिकाको पर्यावरणमा असर पुगेकाले आज (शुक्रबार)को मितिबाट ३५ दिनभित्र व्यवस्थापन गर्न नगरपालिकाले व्यवसायीलाई अल्टिमेटम दिएको हो । नगरपालिकामा फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा डिलर स्वयम्ले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख भएकाले शिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवसायीलाई अल्टिमेटम दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । “नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय ठाउँहरुमा समेत जथाभावी शिशाका बोत्तलहरु फालिएका छन् । फोहर गर्ने व्यक्त...

दिक्तेलमा फागुन–१५ गतेबाट ‘राष्ट्रिय बाँस सम्मेलन’ : नगरवासीलाई स्वरोजगार बनाउने उद्देश्य

अर्थ, कृषि, समाचार
खोटाङ, १४ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आगामी फागुन दोस्रो साताबाट तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिने भएको छ । बिना उपयोग खेर गइरहेका बाँसलाई जीवन उपयोगी बनाउँदै बाँस सम्बन्धी उद्योगहरु सञ्चालनमा ल्याएर नगरवासीका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले फागुन–१५, १६ र १७ गते दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको हो । नेपालमा खेर गइरहेका बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले नेपालकै इतिहासमा पहिलो पटक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पहलमा ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने राष्ट्रिय बाँस सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहनेछ । यसका लागि...

आकाशे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानीको व्यवस्था

समाचार
खोटाङ, १४ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित च्यास्मिटार माध्यमिक विद्यालयमा आकाशे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । खानेपानीको चरम समस्या रहेको च्यास्मिटार माविमा वर्षाद्को समयमा पर्ने आकाशे पानीलाई सङ्कलन गरेर फिल्टरिङ (शुद्धीकरण) गरेपछि विद्यालयमा अध्ययनरत विद्यार्थी तथा त्यहाँ कार्यरत शिक्षकको लागि खानेपानीको व्यवस्था मिलाइएको हो । हलेसी तुवाचुङ नगरपालिको पहलमा बेस्ट वाटर संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी फिल्टर गरेर पिउन योग्य बनाइएको विद्यालयका प्रधानाध्यापक तेजकुमार राईले बताउनुभयो । “विद्यालयको दुईवटा पक्की भवनको छतमा वर्षिने वर्षाद्को पानीलाई ३० हजार लिटरको तीनवटा हिलट्याङ्कीमा जम्मा गर्ने गरिएको छ । उक्त ट्याङ्कीबाट लिफ्ट भएर एक हजार लिटरको अर्को ट्याङ्कीमा जम्मा हुन्छ । त्यहाँ पानी फिल्टर हुन्छ”, उहाँले भन्नुभयो, “फिल...