जीर्ण भवनमा सञ्चालित स्वास्थ्यचौकी धितुङ बल्ल स¥यो आफ्नै सुविधायुक्त भवनमा
खोटाङ, १५ पुस । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा सञ्चालित स्वास्थ्यचौकीले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । तत्कालीन गाउँ विकास समिति (गाविस)को पूरानो कार्यालय भवनमा सञ्चालित स्वास्थ्यचौकीले सोमबारबाट औपचारिक रुपमा आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।
उपभोक्ता समितिमार्फत निर्माण गरिएको स्वास्थ्यचौकीको दुईतले पक्की भवनको भूइँतलामा पाँच तथा माथिल्ला तलामा चार कोठा रहेको जनाइएको छ । आर्थिक वर्ष २०८१ मा रु ७२ लाख बजेटमा ठेक्कामार्फत निर्माण सुरु गरिएको स्वास्थ्यचौकी भवनको काम सम्पन्न नभएपछि आर्थिक वर्ष २०८२ मा नगरपालिकाले रु ३५ लाख ३४३ बजेट विनियोजन गरेर उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिएको थियो ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा रु एक करोड सात लाख ३४३ लागतमा निर्माण गरिएको स्वास्थ्यचौकी भवन सोमबार नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार रा...


