Sunday, September 13

मनाेरञ्जन

मैझारो सिली प्रदर्शन गर्दै साकेला उँभौली चाडलाई बिदा गरियो

गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार, समाज
खोटाङ, ३१ जेठ । दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान शनिबार भने, साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो । जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएकाहरूको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो । किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्तरुपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचेका ...

साकेला उँभौली चाड : चुल्हा तथा भूमि पूजा गर्दै ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार
खोटाङ, २९ वैशाख । किरात समुदायको प्रमुख अर्थात् महान चाड साकेला (उँभौली) आज (सोमबार)देखि औपचारिकरुपमा शुरुवात् भएको छ । तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उँभौली) चाड मनाउने चलन छ । साकेला उँभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीहरुमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । माँझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदान–प्रदानसहित महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गरिएको छ । साकेला उँभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात वैशाख पूर्णीमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उँभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिए...

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२ : पहिलो दिन हाफ म्याराथनसहित दौड प्रतियोगिता

अर्थ, कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, संगीत, समाचार, साहित्य
खोटाङ, २७ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आज (वैशाख–२७ गते)देखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला÷पुरुष हाफ म्याराथनसहित दौड, खुला महिला÷पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) ख...

दिक्तेलमा वैशाख–२७ गतेदेखि हुने ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को तयारी पूरा

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार, साहित्य
खोटाङ, २६  वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले भोलि (वैशाख–२७ गते)देखि जेठ–४ गतेसम्म सञ्चालन गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका  खुला महिला÷पुरुष हाफ म्याराथन, खुला महिला÷पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन भोलि (वैशाख–२७ गते) खुला...

शिक्षक आन्दोलनको प्रभाव : वैशाख–१५ गतेबाट दिक्तेल बजारमा हुने बृहत् महोत्सव १२ दिनपछि सारियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, शिक्षा, संगीत, समाचार, समाज, साहित्य
खोटाङ, ९ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ । यही वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा सञ्चालन गर्न लागिएको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित भएको हो । वैशाख–१५ गतेदेखि गर्ने तयारी गरिएको महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित हुने भएपछि १२ दिनपछि वैशाख–२७ गतेबाट शुरु गर्नेगरी सारिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “महोत्सवको प्रमुख उद्देश्य भनेको व्यवसायिक खेलाडी उत्पादन गर्दै खेलकुदको माध्यमबाट जिल्लाको प्रर्यटन प्रवद्र्धन गर्नु हो । हामीले आयोजना गर्ने महोत्सवमा सहभागी हुने अधिकांश खेलाडी विद्यालयमा छन् । शिक्षक आन्दोलनका कारण अ...

खोटाङमा चित्रकला क्रेज : चित्रकला प्रतियोगितामा दिक्तेल बोर्डिङकी साम्खामा राई प्रथम

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, मनाेरञ्जन, मल्टिमिडिया, समाचार
फागुन–२२,  खोटाङमा पछिल्लो समय चित्रकलाप्रतिको क्रेज बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केही महिना अघि आयोजना गरेको बृहत अन्र्तराष्ट्रिय चित्रकला प्रदर्शनी लगायतकका कार्यक्रम आयोजना गरेपछि सोप्रति सबैको रुचि बढेको पाईएको हो । चित्रकला सम्बन्धी बिबिध कार्यक्रम आयोना गर्दै आएको नगरपालिकाले ‘नगर प्रमुखसँग बिद्यार्थी’ कार्यक्रम अनतर्गत बिद्यालय स्तरीय खुला चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । बिभिन्न बिद्यालयका ७२ जना बिद्यार्थी सहभागी प्रतियोगितामा दिक्तेल ईङलिस सेकेण्डरी बोर्डिङ स्कुल दिक्तेलबजारकी साम्खामा राई प्रथम हुनुभएको छ । यस्तै, ज्योति माबि जालपाका प्रतीक बिश्वकर्मा दोश्रो र दिक्तेल बोर्डिङकै शिखा राई तेश्रो हुनुभएको आयोजकले जनाएको छ । प्रथम, दोश्रो र तेश्रो बिद्यार्थीले क्रमशः नगद १५ हजार, १० हजार रुपैयाँका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सरस्वती...

फागुन–१ गतेदेखि दिक्तेल बजारमा ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव’

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, समाचार, समाज
खोटाङ, २४ माघ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यही फागुन–१ गतेबाट ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१’ आयोजना हुने भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका साथै स्थानीय कला तथा सँस्कृति, कृषि र खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । नमुना स्पोट्र्स क्लब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको आयोजनामा हुन लागेको महोत्सव फागुन–१६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा कृषि मेला प्रदर्शनी, पत्रकार तथा विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूलाई सम्मान, गायन तथा लोक नृत्य प्रतियोगिता, ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ । महोत्सवमा विभिन्न जातजातिको खाना, राडीपाखी, कृषि उपज, जडीबुटी, ...

बाँसुरीको धुनसँगै झुमेको खोटाङ

#, कोशी प्रदेश, पर्यटन, मनाेरञ्जन, संगीत, समाचार, समाज
खोटाङ, २० माघ । माघ महिनाको मध्येतिर धुम्मिएको दिन । बिहानको करिब ११ बजेदेखि गुञ्जनु शुरु भएको बाँसुरीको धुन गहिरो ठण्डी (ठिही) बढेको साँझ करिब आठ बजेसम्म अटुट रह्यो । बाँसुरीको धुनमा मिसिएका तबला, सारांगी, मादल लगायतका ताल र धुनहरु सुनमा सुगन्ध बनेका थिए । मुख्य आकर्षण थिए चर्चित बाँसुरी बाद्यक नरेन्द्रबिक्रम राई । नरेन्द्र लगायत नेपालका बिभिन्न जिल्लाबाट आएका बाँसुरी बाद्यकका धुनमा मन मिसाउन खोटाङका उल्लेख्य संगीतप्रेमीको भीड लागेका थिए । ख।ेटाङको दिक्तेलबजारस्थित सरस्वती माबिमा गुञ्जिएका फरक–फरक स्केलका बाँसुरी र त्यसबाट सिर्जित धुनहरुले जिल्लाबासीको जाडो छलिरहेका थिए । सन्दर्भ, प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्व सन्ध्यामा खुला बाँसुरी बाद्यन तथा स्कुल स्तरीय गायन÷बाद्यन प्रतियोगिता–२०८१ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हालै आयोजना गरेको उक्त कार्यक्रममा नेपालका चर्चित...

विश्वकर्मा दाजुभाइको राष्ट्रभावले ओतप्रोत गीत ‘छहरा छाँगा’ सार्वजनिक (भिडियोसहित)

गृह पृष्ठ, ताजा समाचार, भिडियो, मनाेरञ्जन, समाचार
खोटाङ, १८ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दाजुभाइ गायक तथा सँगीतकार भक्त विश्वकर्मा र केदार अनुरागीको स्वरमा सजिएको ‘छहरा छाँगा’ बोलको गीत सार्वजनिक भएको छ । विश्वकर्मा दाजुभाइले तयार पार्नुभएको राष्ट्रभावले ओतप्रोत गीतलाई खबरमल्टी नामक यू–ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो । करुणा फाउण्डेशनको सहयोगमा तयार पारिएको विश्वकर्मा दाजुभइको गीतमा राष्ट्रभाव प्रकट गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कृष्णप्रसाद आचार्यको शब्द र भक्त विश्वकर्माको सँगीत रहेको गीत प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो, काठमाडौँमा रेकड गरिएको हो । बीबी अनुरागीको म्यूजिक अरेञ्ज रहेको गीतको रेकर्डिष्टमा गोविन्द अनेक र कमल थापा रहनुभएको छ । गीतको रिदम गिटारमा सञ्जीव बराइली, सारङ्गीमा हेमन्त कान्छा रसाइली, रिदममा भुवन गन्धर्ब, बाँसुरीमा गोपाल देव रहनुभएको छ । सम्वादसहित सा...

बाँसुरी बादनमा कैलाश राई तथा गायन प्रतियोगितामा जालपा मावि जालपा प्रथम

गृह पृष्ठ, ताजा समाचार, मनाेरञ्जन, समाचार
खोटाङ, १६ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको खुला बाँसुरी बादन प्रतियोगिताको उपाधि कैलाश राई जित्नुभएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा आज (बुधबार) साँझ सम्पन्न प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका राईले १३ जना प्रतिस्पर्धीलाई हराउँदै उपाधि जित्नुभएको हो । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मण राई दोस्रो, सिन्धुपाल्चोक मेलम्चीका सँगीत लामा तेस्रो तथा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कविन्द्र राई चौथो हुनुभएको छ । विजयी प्रतियोगीहरुले क्रमशः नगद रु दश हजार, रु सात हजार, रु पाँच हजार र रुतीन हजारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । वरिष्ठ बाँसुरी बादक नगेन्द्र बिक्रम राई, गायक तथा सँगीतकारहरु भलाकाजी राई र नवीन राई ‘सङ्घर्ष’ बाँसुरी बादनप्रतियोगिताको निर्णायक ...