गुगल डक्सले हातैले लेख्न सकिने फिचर थप्दै
अन्तरवार्ता, अर्थ, कृषि, कोशी प्रदेश, खेलकुद, पर्यटन, प्रवास, फोटो, बागमती प्रदेश, भिडियो, मधेश प्रदेश, मनाेरञ्जन, मल्टिमिडिया, राजनीति, विचार, शिक्षा, संगीत, समाचार, समाज, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
अब गुगल डक्समा हातैले लेख्न सकिने फिचर थपिने भएको छ । हालसालै एक ब्लगपोस्ट मार्फत गुगलले डक्सले हातैले लेख्न सकिने फिचर सहित आउन लागेको जानकारी दिएको हो ।
डक्समा यो फिचर उपलब्ध भएपछि कागजमा कलमले लेखेजस्तै लेख्न सकिने छ । त्यसो हुँदा डक्सको कुनै पनि फाइलमा प्रयोगकर्ताले लेख्न आफ्नो औंला अथवा स्टाइलस (स्क्रिनमा लेख्न प्रयोग गरिने कलम जस्तो डिभाइस) प्रयोग गर्न सक्नेछन् । तर यो फिचर एन्ड्रोइड ट्याबलेट र स्मार्टफोनमा मात्र प्रयोग गर्न सकिने गुगलको भनाइ छ ।
यस फिचरअन्तर्गत विभिन्न प्रकारका कलम, हाइलाइटर र इरेजर समावेश छन् । साथै प्रयोगकर्ताले आफ्नो इच्छा अनुसारको रङ्ग प्रयोग गर्न सक्नेछन् । तर त्यसरी लेखिएका अक्षरहरूलाई टेक्स्टमा रूपान्तरण गर्ने फिचर भने यसमा समावेश गरिएको छैन ।
गुगल डक्समा आएको यो फिचर भने यसअघि नै एप्पलले उपलब्ध गराइसकेको छ । एप्पल पेन्सिल प्रयोगकर्ताले आईप्याड लगायतका ...
