मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम
खोटाङ, १ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास कार्यक्रम सुरु गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका तथा मतपत्र बदर हुन नदिने तरिका सिकाउन र मतदान गर्ने समय निर्धारण गर्न निर्वाचन कार्यालयले नमूना मतदान अभ्यास कार्यक्रम सुरु गरेको हो ।
निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिने कार्यालय प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । “नमूना मतदान अभ्यास कार्यक्रमले मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुनुका साथै कर्मचारी व्यस्थापनमा सहजता हुने विश्वास गरिएको छ । यो कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो, “नमूना मतदान अभ्यास कार्यक्रममा निर्वाचन प्रहरीको भूमिकाका विषयमा समेत जानकारी गराइन्छ । यसले आगामी निर...









