Saturday, August 1

राजनीति

जसपाका १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेकपामा समाहित हुने

जसपाका १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेकपामा समाहित हुने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, १२ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा)का १ नं. प्रदेश अध्यक्ष सनबहादुर राईसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुखसमेत रहेका प्रदेश अध्यक्ष राई र सचिव राम माण्डुपा राईले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै आफूहरु नेकपामा समाहित हुने घोषणा गर्नुभएको हो । जेनजी आन्दोलनका कारण निर्वाचित सरकार ढल्नु, संसद विघटन हुनु र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरु धरापमा परेकाले त्यसलाई संरक्षण गर्न आफूहरु एकताको पक्षमा उभिएको प्रदेश अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जसपाका शीर्ष नेता अशोक राई पार्टीमै रहने भएपछि आफूहरुले नयाँ राजनीतिक यात्रा सुरु गरेको प्रदेश अध्यक्ष राईले जानकारी दिनुभएको छ । राजनीतिक दलहरूबीच विश्वासको अभाव र विभाजनका कारण लोकतान्त्रिक संस्थाहरु कमजोर हुँदा जनतामा निराशा बढेकाले जनताको नि...
किराती प्रथम राजा यलम्बरको शालिक उद्घाटन अझै अन्यौलमा

किराती प्रथम राजा यलम्बरको शालिक उद्घाटन अझै अन्यौलमा

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार
खोटाङ, १२ मङ्सिर । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) निर्माणको काम सम्पन्न भएको आठ महिना बित्यो । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहित पार्क निर्माण गरिएको हो । माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्कमा कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको छ । करिब रु १४ करोड लागतमा फाइबर प्रयोग गरेर निर्माणको काम पूरा गर्ने भनिएको यलम्बरको शालिकसहितको पार्क ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले निर्माणको जिम्मा लिएको हो । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्रा...
एमाले खोटाङमा दश जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको दाबी

एमाले खोटाङमा दश जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाको दाबी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट छनोट हुने दश जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाले उम्मेदवारी दर्ता गरेका हुन् । पाँच जना खुला प्रतिनिधिका लागि ४१ जना, तीन जना महिलाका लागि नौँ जना, एक जना युवाका लागि ११ जना र एक जना दलितका लागि चार जनाको उम्मेदवारी दर्ता भएको एमाले खोटाङका अध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभएको छ । प्रतिनिधि छनोटका लागि नेताहरुले उम्मेदवारी दर्ता गराए पनि सहमतिमै प्रतिनिधि छनोट हुने अध्यक्ष राईले दाबी गर्नुभएको छ । प्रतिनिधिका लागि उम्मेदवारी दिने उम्मेदवारलाई भोलि (शुक्रबार) दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा छलफलका लागि बोलाइएको एमालेले जनाएको छ । उम्मेदवारहरु र नेताबीच हुने छलफलबाट सर्वसम्मत प्रतिनिधि छनोट गर्...
सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि…

सरकारले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि…

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बाँस तथा बाँसजन्य सामग्रीको प्रवद्र्धन तथा नीति निर्माणका लागि दबाब सिर्जना गर्न काठमाडौँमा सत्याग्रह बसेको चार महिनापछि सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत गर्नुभएको हो । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत मार्गदर्शनले पहिलोपटक नेपालमा बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिएको छ । जसअनुसार बाँसबाट एकदेखि दुई तले आवासीय भवन, साना व्यावसायिक तथा औद्योगिक भवनहरू इन्जिनियरिङ डिजाइनका आधारमा निर्माण गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत भएको मार्गदर्शनलाई छिट्टै सङ्घीय मा...
खोटाङमा थपियो तीन हजार ९८५ जना नयाँ मतदाता

खोटाङमा थपियो तीन हजार ९८५ जना नयाँ मतदाता

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ७ मङ्सिर । आगामी फागुन–२१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर खुला गरिएको मतदाता नामावली सङ्कलन अभियानका क्रममा खोटाङका तीन हजार ९८५ जनाले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि गठन भएको सरकारले दिएको निर्देशनअनुसार निर्वाचन आयोगले गत असोज–९ गतेदेखि देशभर सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानका क्रममा खोटाङका एक हजार ९२३ जना महिला तथा दुई हजार ६२ जना पुरुषले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय खोटाङले दिएको जानकारी अनुसार फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने नयाँ मतदातामध्ये अधिकांश युवा रहेका छन् । जिल्लामा मतदाता नामावली दर्ता गराउने अधिकांश १६ देखि २५ वर्ष उमेर समूहको रहेको निर्वाचन कार्यालयले जनाएको छ । यही मङ्सिर–५ गतेसम्म थपिएका नयाँ मतदातामध्ये कार्या...
हलेसी तुवाचुङको आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु

हलेसी तुवाचुङको आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ६ मङ्सिर । हलेसी तुवाचुङ नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको काम सुरु गरिएको छ । वडा नं. ५ दुर्छिमस्थित छापडाँडामा निर्माण गरिएको ट्रस भवनमार्फत सेवा प्रवाह गर्दै आएको नगरपालिकाको सेवालाई व्यवस्थित बनाउने उद्देश्यले प्रशासनिक भवन निर्माणको काम सुरु गरिएको हो । आधुनिक प्रविधि अपनाएर निर्माण गरिने प्रशासनिक भवन निर्माणका लागि नेपाल सरकार, शहरी विकास मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा रु पाँच करोड ८७ लाख १८ हजार १३० बजेट व्यवस्था गरिएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणको जिम्मा लिएको प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न गर्नेगरी निर्माणको काम सुरु गरिएको हो । स्थानीयले निःशुल्क उपलब्ध गराएको नगरपालिकाको आफ्नै जग्गामा निर्माण सुरु गरिएको प्रशासनिक भवन नगरप्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले आज (शनिबार) औपचारिक...
बुँवाखोलामा बन्यो वर्ष दिनअघि नै १४८ मिटर लामो मोटरेबल पक्की पुल

बुँवाखोलामा बन्यो वर्ष दिनअघि नै १४८ मिटर लामो मोटरेबल पक्की पुल

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ६ मङ्सिर । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुँवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगर लगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो । जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवसेराको बीचमा रहेको बुँवाखोलामा मोटरेबल पक्की पुल निर्धारित समयभन्दा पहिलै सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन् । मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो...
साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ४ मङ्सिर । साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाईन प्रणालीमार्फत प्रदान गर्न सुरु गरेको छ । परम्परागत रुपमा म्यानुअल प्रणालीमा प्रदान गर्दै आएको यो गाउँपालिकाले नेपाली नागरिकताको सिफारिसलाई हटाएर अनलाइन प्रणालीमार्फत सुरु गरेको हो । गृह मन्त्रालय अन्तरगतको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत यो सेवा सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभएको छ । “अबदेखि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा उपस्थित भएर निवेदन दिएपछि, वडा कार्यालयले सो विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गर्नेछ । यसरी प्रमाणित भएको कागजात अनलाईनमा प्रविष्ट हुन्छ । जसका आधारमा जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराइनेछ ।” उहाँले भन्नुभयो । अनलाइन प्...
आत्महत्या न्यूनीकरण गर्न ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक

आत्महत्या न्यूनीकरण गर्न ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ३ मङ्सिर । आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले तयार गरिएको ‘शून्यदेखि शिखरसम्म’ नामक सडक नाटक प्रर्दशन सुरु गरिएको छ । बालाचतुर्दशीको अवसर पारेर बुधबार खोटाङको धार्मिक एवम् पर्यटकीयस्थल कालिका भगवती मन्दिर परिसरमा प्रदर्शन गरिएसँगै नाटकको औपचारिक यात्रा सुरु गरिएको हो । बालाचतुर्दशीको अवसर पारेर कालिका भवगती मन्दिर परिसरमा मृतकहरूलाई सम्झेर सतबीउ– पलबीउ छर्ने धार्मिक परम्परा तथा यस दिन नागरिकको ठूलो उपस्थिति हुने भएकाले नाटक प्रदर्शन गरिएको कार्यक्रम संयोजक सोनामहाङ राईले बताउनुभयो । पछिल्लो समय जिल्लामा आत्माहत्या गर्ने व्यक्तिको सङ्ख्या बिकरालरुपमा बढ्दै गएपछि न्यूनीकरण गर्न युवा समूहले सडक नाटक प्रदर्शन सुरु गरेका हुन् । जिल्लाका एक युवा समूहले तयार पारेको सडक नाटक भोलि मङ्सिर–४ गते दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा बिहान ११ः०० बजे प्रदर्शन गरिने जनाइएको छ । सोही दि...
दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा एकताको सन्देशसहित कार्यक्रम प्रदर्शन

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा एकताको सन्देशसहित कार्यक्रम प्रदर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २ मङ्सिर । जेनजी युनाइटेड मुभमेन्टले राष्ट्र एकता र जेनजी समुदायको एकताको सन्देशसहित दिक्तेलमा शान्ति पदयात्रा गरेको छ । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म जेनजी एकताको अभियान थालेको जेनजी युनाईटेड मुभमेन्टले मंगलबार दिक्तेलमा देशभक्ति गीत, नेपाली झण्डा र विभिन्न प्लेकार्डसहित पदयात्रा गरेको हो । पदयात्रामा सहभागी युवाहरूले ‘जेनजी युनाइटेड फर परिवर्तन’, ‘एक भएन भने देशको घाउ निको हुने छैन’, विभाजनले जेनजीको भावना मर्छ, एकताले परिवर्तन जन्माउँछ’, ‘भ्रष्टाचारीलाई उन्मुक्ति, जेनजीलाई कैद’, ‘देश दुःखेको बेला एक हौँ’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । युनाइटेड मुभमेन्टले दिक्तेलस्थित किरातचोकबाट, बेसक्याम्प हुँदै हाँटडाँडा तथा हाँटडाँडादेखि हेलिप्याडसम्म शान्ति पदयात्रा प्रदर्शन गरेका हुन् । कार्यक्रममा सहभागी जेनजी युनाइटेड मुभमेन्टमा आवद्ध युवाले शहीद तथा घाइतेहरुका स...