Saturday, August 1

राजनीति

दिक्तेल बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको इकाई समिति पुनः गठन

दिक्तेल बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको इकाई समिति पुनः गठन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, २ मङ्सिर । जनता समाजवादी पार्टी खोटाङको भातृ सङ्गठन समाजवादी विद्यार्थी युनियनले दिक्तेल बहुमुखी क्याम्पसमा एकाई समिति पुनः गठन गरेको छ । क्याम्पसमा मङ्गलबार भएको समाजवादी विद्यार्थी युनियनको भेलाले जीवन भुजेलको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा पवित्रा राई, सचिवमा अञ्जली राई, सहसचिवमा चन्द्रकला मगर र कोषाध्यक्षमा शारदा राई चयन हुनुभएको छ । पुनः गठित समितिले क्याम्पसको शैक्षिकस्तर सुधार, विद्यार्थी अधिकार संरक्षण र क्याम्पसमा हुने कुनै पनि प्रकारका अधिकार हननविरुद्ध दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ । समाजवादी विद्यार्थी युनियनले क्यामपसमा दिगोपन र वातावरणीय जागरुकतालाई प्राथमिकता दिने योजना बनाएको जनाइएको छ । जसले विद्यार्थीलाई हरियाली भविष्यतर्फ अग्रसर गराउले लक्ष्य लिएको छ । समाजवादी विद्यार्थी सङ्गठनले सदैव शैक्षिक समस्याको स...
जेन्जी युनाइटेड मुभमेण्टले मङ्सिर–२ गते दिक्तेलमा ¥यालीसहितको कार्यक्रम गर्ने

जेन्जी युनाइटेड मुभमेण्टले मङ्सिर–२ गते दिक्तेलमा ¥यालीसहितको कार्यक्रम गर्ने

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ३० कातिक । देशमा बढ्दो राजनीतिक अव्यवस्था, भ्रष्टाचार र असन्तुलित शासन प्रणालीप्रति आपत्ति जनाउँदै जेन्जी युनाइटेड मुभमेण्ट परिवर्तनले मङ्सिर–२ गते खोटाङमा ¥याली तथा कोणसभा गर्ने भएको छ । रत्नपार्कबाट ¥यालीसहित बजार परिक्रमा गरि हेलिप्याडको तल्लो बाटोमा कोणसभा गर्ने र स्थानीय कलाकारहरुको देशभक्ति गीतमा गायन, नृत्य तथा सडक नाटकको प्रस्तुति रहेको युनाइटेड मुभमेन्ट्का प्रतिनिधि तपसेन राईले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ । जेन्जी आन्दोलनका शहीद र घाइतेहरूको सपना अधुरो रहने खतरा बन्दै गएको पत्रकार सम्मेलनमार्फत जनाइएको छ । आन्दोलनपछि जेन्जीहरू विभिन्न समूह र झुण्डमा विभाजित हुँदा शहीदहरूको बलिदान नै खेर जाने अवस्थामा पुगेकाले जेन्जीहरू अनिवार्य रूपमा एक हुनुपर्ने जेन्जी प्रतिनिधि मिरेश राईले बताउनुभएको छ । युनाइटेड नभइ आन्दोलनका उपलब्धिहरू जोगाउन नसकिने र शहीद–घाइतेको यो...
एमाले खोटाङद्धारा दिक्तेल बजारमा जनप्रदर्शन

एमाले खोटाङद्धारा दिक्तेल बजारमा जनप्रदर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, २९ कातिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले दिक्तेल बजारमा जनप्रदर्शन गरेको छ । लोकतन्त्रको जगेर्ना तथा संविधानको रक्षाका लागि भन्दै एमाले खोटाङले शनिबार दिक्तेल बजारमा जनप्रदर्शन गरेको हो । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनबाट शुरु भएको नाराजुलुससहितको जनप्रदर्शनले दिक्तेल बजार परिक्रमा गरेको थियो । प्रदर्शनकै क्रममा त्रिवेणीचोकमा आयोजित कोणसभालाई एमाले केन्द्रीय उषाकला राई, भानुचोकमा आयोजित कोणसभालाई रमेश पौडेल, पुरानो बेसक्याम्प आयोजित कोणसभामा खगेन्द्र राई र किरातचोकमा पोलिटब्यूरो सदस्य विशाल भट्टराईले सम्बोधन गर्नुभएको थियो । जिल्लास्थित दशवटै स्थानीय तहका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला इन्चार्जसमेत रहनुभएका पोलिटब्यूरो सदस्य भट्टराईले चुनावमा गठबन्धन नगरी एक्लाएक्लै सहभगी हुने हो भने एमालेलाई कसैले हराउन नसक्ने दाबी गर्नुभएको छ । ...
दिक्तेल रुपाकोट मझुवागढीको श्री मावि लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुग्यो

दिक्तेल रुपाकोट मझुवागढीको श्री मावि लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुग्यो

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २७ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय मझुवा बाँसबोटे लफ्याङमा अक्षयकोषको सङ्ख्या १५ पुगेको छ । विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा १४ औँ अक्षयकोष स्थापना दिवसको अवसर पारेर आज (बिहीबार) थप दुईवटा नयाँ अक्षयकोष स्थापना गरिएसँगै श्री मावि लफ्याङमा अक्षकोषको सङ्ख्या १५ पुगेको हो । निधन भएका आफन्तको स्मृतिमा रु ५० हजार राशिको स्वर्गीय दीर्घराज–चिनिमाया राई अक्षय कोष र रु ५१ हजार ५५५ राशिको स्वर्गीय भक्तकुमार राई स्मृति अक्षयकोष गरेपछि विद्यालयमा १५ वटा अक्षयकोष भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष काजीमान राईले जानकारी दिनुभएको छ । उक्त विद्यालयमा सबैभन्दा पहिलो अक्षयकोष वि. सं. २०६८ सालमा रु दुई लाख ६६ हजारको स्वर्गीय मनमाया राई स्मृति अक्षयकोष स्थापना गरिएको थियो । यही अक्षयकोषलाई ६५ औं वार्षिक उत्सवको अवसरमा नाम परिवर्तन गरी स्वर्गीय श्य...
साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना

साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ कातिक । साकेला गाउँपालिकामा बाँसकला सम्बन्धी उद्योग स्थापना गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेडपा) अन्तरगत बुधबार गाउँपालिका प्रमुख रविप्रकाश राईले औपचारिकरुपमा मेसिन सञ्चालन गरेर उद्योग स्थापनाको घोषणा गर्नुभएको हो । स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सृजना र आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो उद्योग गाउँपालिकाको आर्थिक विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । उद्योग स्थापना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले लघुउद्यम र उद्योगहरूले युवालाई स्वदेशमै रोजगार दिने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतिमा टेवा पु¥याउने उल्लेख गर्नुहुँदै यस उद्योगबाट स्थानीय युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी बाँसका विविध उपयोगका सामग्री उत्पादन र बजार...

शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउन शिक्षक महासङ्घको माग

#, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, २४ कातिक । नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति खोटाङले जिल्लाभरका शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराइदिन दशवटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई ध्यानाकर्षण गराएको छ । नेपाल सरकारको कार्यविधि आथिर्क वर्ष २०८०÷८१ को शीर्षक २.२ अनुसार शिक्षकको तलब–भत्ता तथा सेवा सुविधामा स्थानीय भत्ता स्पष्ट उल्लेख भए पनि खोटाङका शिक्षक अझै पनि सो सुविधा पाउनबाट वञ्चित रहेको भन्दै ध्यानाकार्षण गराएको हो । आर्थिक वर्ष २०८२÷८३ को कार्यक्रम कार्यान्वयन पुस्तिकाले पनि स्थायी, करार तथा प्राविधिक धारमा कक्षा ९–१२ मा कार्यरत प्रशिक्षकहरूलाई वार्षिक १०.५ महिनाको स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको शिक्षक महासङ्घले जनाएको छ । पहिलो त्रैमासिकका लागि स्थानीय तहमा निकासा भइसकेको भए पनि स्थानीय तहले वितरण नगरेको महासङ्घको आरोप छ । शिक्षकहरू विद्यालय सुधारमा समर्पित रहँदा पन...
जेन–जी आन्दोलनका क्रममा काभ्रेबाट भागेका खोटाङका युवक पक्राउ

जेन–जी आन्दोलनका क्रममा काभ्रेबाट भागेका खोटाङका युवक पक्राउ

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २२ कातिक । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय काभ्रेको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित केराबारीका २३ वर्षीय प्रवीण मगर पक्राउ परेका छन् । जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गते हिरासतबाट भागेका मगरलाई गाउँ आएर घरमै लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला इलाका प्रहरी कार्यालयको हिरासतबाटै भागेका मगरलाई खोटाङ घर आएर लुकीछिपी बसेको अवस्थामा कातिक–२० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनुभएको छ । पक्राउ परेको भोलिपल्ट अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएका मगरलाई आज (शनिबार) बिहान बनेपा इलाका प्रहरी कार्यालय काभ्रेमा लगेर बुझाइएको प्रहरीले जनाएको छ । जेन–जी आन्दोलनको क्रममा भदौ–२४ गते इलाका प्रहर...
नगरप्रमुख भट्टराईद्धारा स्वर्गीय आमाको स्मृतिमा अक्षयकोष स्थापना

नगरप्रमुख भट्टराईद्धारा स्वर्गीय आमाको स्मृतिमा अक्षयकोष स्थापना

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आइतबार आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् । नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्वर्गीय आमा पदमकुमारीको नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा रू दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिनुभएको छ । नगरप्रमुख भट्टराईका स्वर्गीय आमा पदमकुमारीको गत वर्ष (वि.सं.२०८१ कातिक–१६ गते) ८८ वर्षको उमेरमा निधन भएको थियो । आफ्नो गाउँको विद्यालयमा अध्ययन...

शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिताको उपाधि रतन्छाको पोल्टामा

कोशी प्रदेश, खेलकुद, राजनीति, समाचार, समाज
खोटाङ, ३ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’को उपाधि साकेला गाउँपालिका–२ रतन्छाले चुमेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले आयोजना गरेको फुटबल प्रतियोगिताको आज (सोमबार) सम्पन्न फाइनल खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ४–१ गोल अन्तरले पराजित गर्दै रतन्छाले उपाधि चुमेको हो । जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगितामा केपिलासगढी गाउँपालिका–३ बास्पानी र साकेला गाउँपालिका–५ मात्तिमले सेमिफाइनलिष्टमा चित्त बुझाएको छ । स्थानीय दोर्पा खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताका विजेता, उपविजेता तथा सेमिफाइनलिष्ट दुईवटा टोलीले नगद पुर...

शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप : रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनलमा

कोशी प्रदेश, खेलकुद, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आयोजित ‘शहीद इन्दिरा–राधा प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता–२०८२’ मा रतन्छा, बास्पानी, सोल्मा र मात्तिम सेमिफाइनल प्रवेश गरेको छ । ‘विचारसँगै खेलकुदमा युवा, सामाज रुपान्तरणमा वाईसिएलका युवा’ भन्ने नाराका साथ योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल वडा कार्यसमिति दोर्पाचिउरीडाँडाले प्रथम वाईसिएल कप फुटबल प्रतियोगिता आयोजना गरेको हो । सेमिफाइनल प्रवेश गर्ने चार टोलीबीच भोलि (कातिक–३ गते सोमबार) बिहान ७ः३० बजेदेखि सेमिफाइनलका दुई खेल तथा दिउँसो प्रथम उपाधिका फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका २६ टोलीले सहभागिता जनाएको वडास्तरीय फुटबल प्रतियोगिताको औपचारिक उद्घाटन गत असोज–३० गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले गर्नुभएक...