Saturday, August 1

राजनीति

दिक्तेलमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, स्टेशन र जनशक्ति कम हुँदा समस्या

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, १० भदौ । जिल्ला प्रशासन कार्यालय खोटाङमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान दश बजेदेखि लाइनमा राखेर टोकन सिस्टममार्फत फारम भराउने गरिएको छ । तर, एउट स्टेशन अनि एकजनामात्रै कर्मचारी हुँदा पालैपालो फारम भर्ने प्रणालीले राति अबेरसम्म पर्खेर बस्दा पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् । वर्षाद्को समय भएकाले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका वृद्धावृद्धालाई राष्ट्रिय परिचयपत्र भर्न गाउँबाट जिल्ला प्रशासनसम्म आइपुग्न समस्या हुने गरेको छ । प्रशासन आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही प्रशासनको भुइँतला, कोही फलैचाँ त कोही जिल्ला समन्वय समिति खोटाङको पार्किङस्थलमा बसिरकेका भेटिन्छन् । आफन्त वा परिवारका अन्य सदस्यको साथ लिएर दैनिक १०० जनाभन्दा बढी जिल्ला प्रशासन आउने गरेका छन् । गाडी रिजर्भ गरेर आएका अधिकांश सेवाग्राहीले यस्तै सास्ती खेप्दै आएका छन् । पछिल्लो समय सामाजिक...

पूर्वराष्ट्रपति भण्डारीलाई देशको नेता बनाउन सक्रिय राजनीतिमा रोक लगाएका हौँ : नेता भट्टराई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार
खोटाङ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिब्यूरो सदस्य विशाल भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई देशको नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ । एमाले खोटाङले आज (सोमबार) खोटाङको दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको मात्र नेता नभइ देशकै साझा नेता बनाउन एमालेको सक्रिय राजनीतिमा रोक लगाइएको बताउनुभएको छ । संविधानसभा सदस्य एवम् एमाले संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहनुभएका नेता भट्टराईले एमाले स्थायी समिति, पोलिटब्यूरो तथा केन्द्रीय समितिका बहुमत सदस्यले गरेको निर्णय पूर्वराष्ट्रपति भण्डारीको हितमा रहेको पनि दाबी गर्नुभयो । “विद्यादेवी भण्डारी दुई पटक राष्ट्र प्रमुख भएको सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँ पुनः सक्रिय राजनीतिमा आउँदा त्यो पदको ओझ घट्छ भन्ने पार्टीको ठम्याइ...

सफा, सुन्दर र सँस्कारसहितको पालिका बनाउन साकेलामा श्रमदान अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, ८ भदौ । झरी, बादल, वर्षा तथा सार्वजनिक बिदासमेत नभनी यतिबेला साकेला गाउँपालिका खोटाङमा जनश्रमदान अभियान सञ्चालन भइरहेको छ । श्रमदान अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने लगायतका काम थालिएको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध जेसिबी र ट्याक्टरको साथमा केही प्राविधिक र कर्मचारीको साथमा दिनहुँ जनश्रमदानमा भेटिनुहुने गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने अभियान चलाउनुभएको छ । भौतिक विकासले मात्र परिवर्तन सम्भव नहुने बताउनु...

‘शुभशेर राई स्मृति प्रतिष्ठान’द्धारा दुई शिक्षक र एक विद्यार्थी पुरस्कृत, छजनालाई सम्मान

गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ५ भदौ । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने दुईजना जिल्ला उत्कृष्ट शिक्षक र एकजना विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट आज (बिहीबार) पुरस्कृत तथा सम्मान गरिएको हो । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्कार–२०८२’बाट पञ्चकन्या माध्यमिक विद्यालय विजयखर्क मालाका पूर्वप्रधानाध्यापक प्रेमकुमार श्रेष्ठ र पञ्च माध्यमिक विद्यालय दिक्तेलका शिक्षक पदमप्रसाद आचार्य...

बेलुका सात बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेलुका सात बजेपछि धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक लगाएको छ । सौन्दर्यकरण गर्नेक्रममा झिलीमिली बत्तीसहित विभिन्न संरचान तयार गरिएसँगै राति अबेरसम्म मानिसहरुको भीडभाड तथा होहल्ला हुन थालेपछि नगरपालिकाले आज (भदौ–१ गते)बाट लागू हुनेगरी बेलुका सात बजेपछि भगवती मन्दिर तथा मझुवागढी प्रवेशमा रोक लगाएको हो । कालिका भगवती मन्दिर तथा मझुवागढीमा राति अबेरसम्म मानिसको भीडभाड तथा होहल्ला भएको गुनासो आएपछि शान्तिसुरक्षाको दृष्टिकोणले बेलुका सात बजेपछि आवतजावतमा रोग लगाइएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ । “धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी प्रवेशका लागि निश्चित समय निर्धारण गर्नुपर्ने सुझाव आएको छ । जिल्ला सुरक्षा समिति तथा स्थानीयको सुभावको आधारमा ...

साकेला गाउँपालिकाको सरस्वती माविमा २४ लाख लगानीको व्यवस्थित पुस्तकालय

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २८ साउन । साकेला गाउँपालिका–५ मात्तिममा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा रु २४ लाख लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टसँगको समन्वय तथा पाहार ट्रष्ट नेपालको लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको हो । विद्यालयमा पुस्तकालय स्थापनाका लागि पाहार ट्रष्ट नेपाल पोखराका अध्यक्ष बिजुलीबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईबीच सम्झौता भएको छ । पुस्तकालय सञ्चालनका लागि पाहार ट्रष्ट नेपालद्वारा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमको अवसरमा उक्त सम्झौता गरिएको हो । वि.सं. २०८१ माघदेखि सुरुवात गरिएको पुस्तकालयको सम्पूर्ण काम वि.सं. २०८३ पुस मसान्तसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सितल राईले जानकारी दिनुभएको छ । पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, भौतिक संरचना, पुस्तक लगायतको काम पहार ट्रष्ट नेपालले...

ऐसेलुखर्क गाउँपालिकाको दुई दिने एकीकृत सेवा शिविर काठमाडौँको चाबहिलमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २७ साउन । ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँमा बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरेर दुई दिने एकीकृत सेवा शिविर सुरुवात गरेको छ । काम विशेषले राजधानी काठमाडौँ बस्दै आएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर उनीहरु बसिरहेकै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यसहित गाउँपालिकाले दुई दिने एकीकृत सेवा शिविर आयोजना गरेको हो । काठमाडौँस्थित चाबहिलको फुजी एकेडेमीमा सञ्चालन गरिएको दुई दिने एकीकृत सेवा शिविर गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारीले संयुक्त रुपमा ९२ वर्षीया दिलकुमारी राजभण्डारीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रमाणपत्र दिएर औपचारिक शुभारम्भ गर्नुभएको छ । शिविरको पहिलो दिन विभिन्न वडाका १२० जना नागरिकले सेवा लिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले दिनुभएको छ । शिविरमा ...

नगरप्रमुख भट्टराईको अनशन जारी, माग पूरा गर्ने उपप्रधानमन्त्रीसहितको प्रतिवद्धता

कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, समाचार, समाज
खोटाङ, १८ साउन । नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र वनमन्त्री ऐनबहादुर शाहीले शनिबार माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई राख्नुभएका माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उपप्रधानमन्त्री सिंह र मन्त्री शाहीले नगरप्रमुख भट्टराईले उठाउनुभएका जायज मागहरुलाई विज्ञको परामर्शको आधारमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उपप्रधानमन्त्री सिंहले वार्ता टोलीसँग तथा वनमन्त्री शाहीले नगरप्रमुख भट्टराईलाई भेटेर खोटाङलाई बाँसको राजधानी बनाउने तथा बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नीति बनाउने, बाँदर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने नीति निर्माण गर्ने लगायतका विषयमा विज्ञको प्रतिवेदनका आधारमा माग पूरा गर्ने आश्वासन दिनुभएको वार्ता टोलीका सदस्य एवम् नगरप्रवक्ता दिनेश घिम...

शिक्षक रामबिक्रम थापा ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’बाट पुरस्कृत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १५ साउन । ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै शिक्षक थापालाई रु दश हजार राशीको पुरस्कार प्रदान गरिएको हो । शिक्षण पेशामा प्रवेश गर्नुअघि तत्कालीन गाविस सचिव पदमा कार्यरत शिक्षक थापा वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागिरबाट बर्खास्त हुनुभएको थियो । शहीद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापालाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ । शहीद मनोज जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कृत शिक्षक थापा...

कुवा तथा खोलाको पानी उपभोग गर्न बाध्य दिप्सुङवासीका १०१ घरमा स्वच्छ खानेपानी

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज, स्वास्थ्य
खोटाङ, १२ साउन । केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित बिसुदुका ४३ घर स्थानीयवासीको घर–घरमा धारामार्फत स्वच्छ खानेपानी उपलब्ध गराइएको छ । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका दिप्सुङवासीका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर, एक धारा’ कार्यक्रममार्फत घर–घरमा धारा निर्माण गरेर स्वच्छ खानेपानी उपलब्ध गराइएको हो । स्थानीय सङखोला मुहानबाट आठ हजार ७९२ मिटर लामो पोलेथिन पाइप प्रयोग गरेर ल्याइएको पानी विभिन्न ठाउँमा छ÷छवटा सङ्कलन तथा वितरण ट्याङ्की निर्माण गरेर उपभोक्ताको घर–घरमा निर्माण गरिएको धारामार्फत खानेपानी वितरण गरिएको जनाइएको छ । जी फोण्डेशन नेपालको आर्थिक तथा प्राविधि सहयोगमा सञ्चालन गरिएको ‘दिप्सुङ खानेपानी परियोजना’बाट स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि दिप्सुङस्थित बिसुदुका ४३ घरका २२४ जना उपभोक्ता लाभान्वित भएका छन् । तत्कालीन जिल्ला विकास समि...