अविरल वर्षाले खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति
खोटाङ, २२ कातिक । यही कातिक–१५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो ।
दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौँ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिनुभएको छ ।
केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका कृषकहरु यसअघि वर्षाले क्षति पु¥याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पु¥याएको धान थन्क्याउन यतिखेर किसानहरु खेत–खेतमा जुट...


