पर्यटकीयस्थलको प्रवद्र्धन गर्न माओवादी केन्द्रको जनश्रमदान अभियान
खोटाङ, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिले जनश्रमदानमार्फत पर्यटकीयस्थलहरुको प्रवद्र्धन सुरु गरेको छ । स्थानीय जनता र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध सुमधुर बनाउँदै गाउँपालिकाभित्र पर्ने पर्यटकीयस्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले माओवादी केन्द्र गाउँपालिका कार्यसमितिले जनश्रमदान अभियान सुरु गरेको हो ।
जनश्रमदान अभियान अन्तरगत वडा नं. २ वाप्लुखाको कपासेभञ्ज्याङमा निर्माणाधीन राष्ट्रिय विभूति पार्क (उद्यान) र रोक्सिमभञ्ज्याङको सोलढुङ्गा, सुम्निमा–पारुहाङ पार्क र सानो हलेसी गुफा आसपासका क्षेत्रको सरसफाइ तथा वृक्षारोपण सम्पन्न गरिएको माओवादी केन्द्र खोटेहाङ गाउँपालिका कार्यसमितिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाभित्र प्राकृतिकरुपमै बनेका पर्यटकीयस्थलहरु धेरै छन् । तिनीहरुको प्रवद्र्धन गर्न सके...
