मोबाइल चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर २५ वर्षीया महिलाको मृत्यु
खोटाङ, ३१ असार । बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर आफ्नै घरमा चार्ज गरिराखेको मोबाइल फोन चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर गम्भीर घाइते बन्नुभएकी इन्द्राको गएराति नै मृत्यु भएको हो ।
करेन्ट लाग्ने बित्तिकै बेहोस बन्नुभएकी इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै घटनास्थलमै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिनुभएको छ । “राति पानी परिरहेको थियो । नजिकमा एम्बुलेन्स थिएन”, उहाँले भन्नुभयो, “एम्बुलेन्स खोज्दाखोज्दै करिब दश बजेतिर इन्द्राको मृत्यु भयो । करेन्ट लागेर इन्द्राको मृत्यु भएलगत्तै प्रहरीलाई खबर गरेर घटनास्थल सुरक्षित राखेका छौँ ।”
घटनाको बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक...
