Thursday, September 17

स्वास्थ्य

आँखा शल्यक्रिया शिविर : बाक्सिलाका ३९२ जनाले पाए आफ्नै गाउँमा निःशुल्क उपचार

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, ७ चैत । केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविरमा ३९२ जनाले उपचार पाएका छन् । नेपाल नेत्रज्योति सङ्घ खोटाङ र केपिलासगढी गाउँपालिकाको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत–४, ५ र ६ गते भएको शिविरमा शल्यक्रिया, आँखा जााच, औषधि उपचार, चस्मा वितरण गरिएको हो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, ३१० जनालाई निःशुल्क औषधि वितरण, ३४ जना जेष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख नेत्र अधिकृत हरिहर श्रेष्ठसहित १५ जनाको टोलीले उपचार गरेको हो । नेत्रज्योति सङ्घले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा चैत–९, १० र ११ गते र हलेसी तुव...

यो महिना खोटाङका तीन ठाउँमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविर

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १ चैत । नेपाल नेत्रज्योति सङ्घ खोटाङले यो महिना जिल्लाका तीन ठाउँमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत–४, ५ र ६ गते बाक्सिला बजार, चैत–९, १० र ११ गते दिक्तेल बजार तथा चैत–१४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसी बजारमा निःशुल्क आँखा शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको हो । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया, आँखासम्बन्धी बिरामीको आँखा जाँच, औषधि तथा चस्मा वितरण लगायतका काम गरिने आयोजक नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । “दश स्थानीय तह रहेको जिल्लामा एक हजार ५४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको हाम्रो सर्वेक्षणले देखाएको छ । उनीहरुलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार ...

अल्पायुमै मृत्युबाट बचाउन स्क्रिनिङ अभियान

#, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
चैत्र–१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नसर्ने रोगको पहिचान गर्न स्क्रिनिङ सुरु गरेको छ । अल्पायुमै मृत्यू हुन तथा अंगभंग हुनबाट बचाउन सचेतना अभियानका साथ स्क्रिनिङ सेवा सञ्चालन गरेको हो । नसर्ने रोगको बेलामै पहिचान गरी नियमित औषधी उपचार गरे अल्पायूमै मृत्यू र अंगभंग हुनबाट बच्न र बचाउन सकिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो । अचार्यका अनुसार नगर क्षेत्रका ३० बर्षदेखि माथिकालाई उच्च रक्तचाप, मधुमेह, मृगौला, पिसाब, उचाई र तौलको आधारमा बीएमआई परीक्षण गरिएको हो । नेपालमा हाल नसर्ने रोगहरुको ठूलो भार रहेको जनाईएको छ । अभियान अन्तर्गत हालै दिक्तेलबजारको हाटडाँडामा ९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षण गरिएकोमध्ये १८ जनामा उच्च रक्तचाप ६ जनामा मधुमेह, पाँच जनामा मृगौलाको समस्या, १२ जनामा अत्याधिक मोटोपना र ३० जनामा मोटोपना देखिएको छ । समध...

दश स्थानीय तहका नौँ हजार ९९५ किशोरीलाई एचपिभी खोप

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, २२ माघ । जिल्लाका करिब दश हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप उपलब्ध गराउनेगरी खोटाङमा एचपिभी खोप कार्यक्रम शुरुवात् गरिएको छ । देशभर एकैसाथ शुरुवात् गरिएको एचपिभी खोप अभियान अन्तरगत जिल्लाका नौँ हजार ९९५ जना किशोरीलाई एचपिभी खोप उपलब्ध गराउनेगरी खोप कार्यक्रम शुरुवात् गरिएको हो । कक्षा–६ देखि १० कक्षामा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाइ एचपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय, खोटाङका प्रमुख जिवन चौलागाईँले जानकारी दिनुभएको छ । खोप अभियानका लागि २७४ खोप केन्द्रमा ५४८ स्वयम्सेवक र १०१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जिल्लाका दशवटै स्थानीयमा दुई चरण गरेर खोप अभियान सञ्चालन हुने जनाइएको छ । पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी...

फोहर व्यवस्थापनमा ध्यानाकार्षण गराउन पत्रकार महासङ्घको सरसफाइ अभियान

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, ७ माघ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले सरसफाइ अभियान शुरु गरेको छ । सार्वजनिकस्थल तथा घर आसपास जथाभावी छरिएका तथा फालिएका फोहर व्यवस्थापनमा सम्बन्धित निकायलाई खबरदारी गर्न तथा स्थानीय समुदायमा सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गराउने उद्देश्यसहित पत्रकार महासङ्घ खोटाङले सरसफाइ अभियान शुरु गरेको हो । पत्रकार महाङ्घले शुरु गरेको सरसफाइ अभियान अन्तरगत आज (सोमबार) दिक्तेल बजारस्थित जिल्ला समन्वय समिति खोटाङको समिक्षालय हल आसपासको झाडी फाँड्ने, फोहर सङ्कलन गर्ने, पहिरो पन्छाउने लगायतका काम गरिएको पत्रकार महासङ्घका सचिव राजकुमार भट्टराईले जानकारी दिनुभयो । अभियानका क्रममा सङ्कलन गरिएका फोहर सम्बन्धित ठाउँमा लगेर व्यवस्थापन गर्नका लागि दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवन नजिकै जम्मा गरेर राखिएको जनाइएको छ । पत्रकार महासङ्घको आयोजना तथा स्थानीयवासीको सहभागितामा सञ्चा...

नेत्र ज्योति सङ्घ खोटाङका सभापति र आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख सम्मानित

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, २६ पुस । नेपाल नेत्र ज्योति सङ्घ केन्द्रीयसभाले खोटाङ शाखाका सभापति र आँखा उपचार केन्द्र दिक्तेलका प्रमुखलाई सम्मान गरेको छ । काठमाडौँको डिल्लीबजारमा सम्पन्न नेत्र ज्योति सङ्घ केन्द्रीयसभाको २९ औँ अधिवेशन उद्घाटन कार्यक्रममा सभापति ईन्द्र कसजुलाई ‘नारायण शर्मा नेत्र ज्योति सम्मान’ र आँखा उपचार केन्द्रका प्रमुख हरिहर श्रेष्ठलाई ‘नेत्र प्राविधिक सम्मान’ प्रदान गरिएको हो । सङ्घका सभापति कसजु र आँखा उपचार केन्द्रका प्रमुख श्रेष्ठले सम्मानपत्रको साथमा रु २५÷२५ हजार राशीको नगद पुरस्कारसमेत प्राप्त गर्नुभएको छ । सम्मानितद्धय सभापति कसजु र आँखा उपचार केन्द्र प्रमुख श्रेष्ठलाई नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा सभापति कसजु ...

बुइपाका चारवटा टोलमा आयातित पेय पदार्थ सेवनमा पूर्ण प्रतिबन्ध

अर्थ, गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, २२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित चारवटा टोलका स्थानीयवासीले आयातित पेय पदार्थ सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाएका छन् । आयातित पेय पदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले विहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेय पदार्थहरु सेवनमा पूर्णरुपले प्रतिबन्ध लगाएका हुन् । बाहिरी जिल्लाबाट आयातित पेय पदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्णरुपमा प्रतिबन्ध लगाइएको बुइपास्थित गैरी फुलेलीका स्थानीयवासी एवम् सामाजिक अभियान्ता अरुण राईले जानकारी दिनुभयो । “हाम्रो गाउँमा विहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापात लगायतमा आयातित पेय पदार्...

ऐसेलुखर्कका सातजना अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता

गृह पृष्ठ, ताजा समाचार, समाचार, स्वास्थ्य
खोटाङ, १६ पुस । जिल्ला प्रशासन कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकाका शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घरमै लगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्णरुपमा शारीरिक अपाङ्गता भएका सातजना व्यक्तिलाई उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालयको टोलीले तीन दिन लगाएर शारीरिकरुपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरैमा लगेर नागरिकता उपलब्ध गराएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “शारीरिक अपाङ्गता भएका कारण प्रशासनसम्म पुग्न नसक्दा हाम्रो गाउँपालिकामा अपाङ्गता भएका सातजना व्यक्ति नागरिकता पाउनबाट वञ्चित हुनुहुन्थ्यो । नागरिकता अभावका कारण उहाँहरुले राज्यबाट प्राप्त हुने सेवासुविधासमेत प्राप्त गर्नुभएको थिएन”, उहाँले भन्नुभयो, “शारीरिकरुपमा पूर्ण अपाङ्गता भएक...

मष्तिष्कघातका कारण सिकिस्त एल्जिनालाई ३ लाख २३ हजार प्रदान

बागमती प्रदेश, मल्टिमिडिया, स्वास्थ्य
खोटाङ, २० असोज । मष्तिष्कघातका कारण सिकिस्त बिरामी परेकी ६ वर्षीय एल्जिना परियारको उपचारका लागि तीन लाखभन्दा बढी आर्थिक सहयोग जुटाइएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, कात्तिकेकी एल्जिनाको उपचारका लागि १४१ जना दाताबाट ३ लाख २३ हजार ४४० रुपैयाँ सहयोग जुटाइएको हो । मष्तिष्कघातका कारण देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट पिडित एल्जिनाको सहयोगका लागि बराहापोखरी सेवा समाज काठमाडौंको ‘ब्यानर’मा सहयोग अभियान सञ्चालन गरिएको थियो । विपन्न परिवारका एल्जिनाको उपचार गर्ने खर्च अभाव भएपछि भदौ ९ गतेदेखि सुरु गरिएको ‘एल्जिना परियार बचाऔं अभियान’ असोज १७ गते समापन गरिएको छ । एल्जिनाको उपचारार्थ संकलन भएको रकम बुवा मनोज परियारको खातामा जम्मा गरिएको अभियानका संयोजक एबं बराहापोखरी सेवा समाजका सल्लाहकार इन्द्रबहादुर लिमेलले जानकारी दिए । एल्जिनाको ‘जीवन बचाउ’का लागि बराहापोखरी सेवा समाजमा आ...

आज आधिकांश स्थानमा मौसम सफा रहने :मौसम विज्ञान विभाग

कृषि, पर्यटन, बागमती प्रदेश, समाज, स्वास्थ्य
काठमाडौँ- देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा हुरीको चल्ने सम्भावना छ । यसैगरी आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा...