Saturday, August 1

शिक्षा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिविबीचमा सहकार्यका लागि समझदारी

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १६ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीचमा आपसी सहकार्य गर्नका लागि पाँच वर्षे समझदारी कायम गरिएको छ । ज्ञान, सीप र नवप्रवर्तनलाई परिचालन गर्दै सार्वजनिक हितमा सेवा गर्ने लक्ष्यका साथ नगरपालिका र त्रिभुवन विश्वविद्यालयबीच आपसी समझदारी कायम गरिएको हो । शैक्षिक सहकार्य, प्रयोगात्मक अनुसन्धान र समुदाय केन्द्रित नवप्रवर्तनलाई अघि बढाउने साझा प्रतिवद्धतालाई स्वीकार गर्दै त्रिभुवन विश्वविद्यालयसँग आपसी समझदारी कायम गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । नगरपालिका र त्रिविबीचको दुई पक्षीय आपसी सहकार्यको माध्यमबाट वातावरण, कृषि, शिक्षा, जीविकोपार्जन, जलवायु सहनशीलता र नवप्रवर्तनमा जोड दिने मझदारी भएको छ । राजधानी काठमाडौँमा आइतबार भएको दुई पक्षीय भेलामा गरिएको पाँच वर्षे समझदारीपत्रमा नगरपालिकाकोतर्फबाट नग...

‘शुभशेर राई स्मृति प्रतिष्ठान’द्धारा दुई शिक्षक र एक विद्यार्थी पुरस्कृत, छजनालाई सम्मान

गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, ५ भदौ । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने दुईजना जिल्ला उत्कृष्ट शिक्षक र एकजना विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट आज (बिहीबार) पुरस्कृत तथा सम्मान गरिएको हो । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्कार–२०८२’बाट पञ्चकन्या माध्यमिक विद्यालय विजयखर्क मालाका पूर्वप्रधानाध्यापक प्रेमकुमार श्रेष्ठ र पञ्च माध्यमिक विद्यालय दिक्तेलका शिक्षक पदमप्रसाद आचार्य...

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २ भदौ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनाको अवधिमा जिल्ला अस्पताल खोटाङमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन आज (सोमबार) दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजि गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ । लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य सङ्घ, होटल व्...

भारतीय सेनाका पूर्वसुवेदार पर्खनबहादुर राईको साँस्कृतिक पुस्तक विचोचन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, ३१ साउन । संस्कृतिकर्मी पर्खनबहादुर राईद्धारा लिखित ‘तुङसाप रोदुङ वुलिमचिनिमा मुन्दुम’ नामक साँस्कृतिक पुस्तक विमोचन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा निवासी ८८ वर्षीय राईले लेख्नुभएको पुस्तक साउन–३१ गते विमोचन गरिएको हो । किरात सेवा समाज खोटाङको पाँचौँ साधारणसभाको अवसरमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले पुस्तक विचोमन गर्नुभएको छ । पुस्तकमा मुन्दुममा उल्लेख भएअनुसार किरात राईको जन्मदेखि जीवन निर्वाह, भाषा, धर्म, संस्कार, संस्कृति, कला कौशल र मृत्युसम्मको विषयलाई चित्रण गरिएको छ । भारतीय सेनाका पूर्वसुवेदार राईले नेपाली र चाम्लिङ भाषामा लेख्नुभएको पुस्तक ११० पृष्ठको छ । वि.सं. १९९६ पुस–१७ गते जन्मनुभएका राईले वि.सं. २०६१ सालमा किरात चाम्लिङ बडाछा (माथा) परिवार वंशावली, वि.सं...

साकेला गाउँपालिकाको सरस्वती माविमा २४ लाख लगानीको व्यवस्थित पुस्तकालय

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २८ साउन । साकेला गाउँपालिका–५ मात्तिममा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा रु २४ लाख लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टसँगको समन्वय तथा पाहार ट्रष्ट नेपालको लगानीमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको हो । विद्यालयमा पुस्तकालय स्थापनाका लागि पाहार ट्रष्ट नेपाल पोखराका अध्यक्ष बिजुलीबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईबीच सम्झौता भएको छ । पुस्तकालय सञ्चालनका लागि पाहार ट्रष्ट नेपालद्वारा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमको अवसरमा उक्त सम्झौता गरिएको हो । वि.सं. २०८१ माघदेखि सुरुवात गरिएको पुस्तकालयको सम्पूर्ण काम वि.सं. २०८३ पुस मसान्तसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सितल राईले जानकारी दिनुभएको छ । पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, भौतिक संरचना, पुस्तक लगायतको काम पहार ट्रष्ट नेपालले...

कक्षा–८ की छात्रा साथीहरुबाटै बलात्कृत, कक्षा–९ का दुई छात्रबिरुद्ध प्रहरीमा मुद्धा दर्ता

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २२ साउन । विद्यालयबाट घर फर्कँदै गरेकी १४ वर्षीया छात्रा (बालिका)माथि खोटाङमा साथीहरुबाटै सामुहिक बलात्कार भएको पाइएको छ । कक्षा–८ मा अध्ययनरत ती छात्रामाथि यही साउन–१९ गते सोही विद्यालयको कक्षा–९ मा अध्ययनरत दुई जना छात्र साथीहरुबाट सामुहिक बलात्कार भएको पाइएको हो । विद्यालयबाट घर फर्कने क्रममा तिमीसँग कुरा गर्नुछ भन्दै अघिपछि लागेका कक्षा–९ मा अध्ययनरत दुई जना दाजुहरुले जङ्गलको बीचमा आएपछि बाटो छेकेर रातभरी पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । “साउन–१९ गते साढे चार बजे विद्यालयबाट म घर फर्कँदै थिएँ । एक जना दाजुले तिमीसँग कुरा गर्नुछ भन्यो । मसँगै पढ्ने साथीहरु आ–आफ्नो घर गइसकेका थिए । म एक्लै भएकाले छिटो–छिटो हिँडिरहेकी थिएँ”, उनी भन्छिन्, “केही बेरमा उनीहरु दुई जना भए । बाटो छेकेर एकछिन हामीसँग बस भन्यो । उनीहरुले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । ...

बाहिनीपति बस्नेतद्धारा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम निरीक्षण

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, १८ साउन । नेपाली सेना श्री नं. १८ बाहिनी अड्डा गाईघाट भुल्केका बाहिनीपति सहायक रथी विमलकुमार बस्नेतले खोटाङको दिक्तेलमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) तालिम निरीक्षण गर्नुभएको छ । बाहिनी अड्डा मातहतका गणहरुको निरीक्षण भ्रणमणका क्रममा खोटाङमा आउनुभएका बाहिनीपति बस्नेतले आइतबार दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा सञ्चालित एनसिसी सि.सं. ५१ औँ ब्याचको तालिम निरीक्षण गर्नुभएको हो । पूर्वी पृतना राष्ट्रिय सेवा दल इटहरीको आयोजना तथा रणभीम गण मुडे ब्यारेक खोटाङले व्यवस्थापनमा सञ्चालित एनसिसी तालिममा कक्षा–८ र ९ मा अध्ययनरत १५÷१५ जना छात्रछात्रा सहभागी रहेका छन् । एनसिसी तालिममा सहभागी विद्यार्थीले बाहिनीपति बस्नेतलाई एरोबिक पिटीसमेत प्रदर्शन गरेका थिए । बाहिनीपति बस्नेतले तालिममा सहभागी विद्यार्थीले प्रस्तुत गरेको पिटी उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको छ । एनसिसी त...

शिक्षक रामबिक्रम थापा ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’बाट पुरस्कृत

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, १५ साउन । ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार–२०८२’ सरस्वती माध्यमिक विद्यालय दिक्तेलका शिक्षक रामबिक्रम थापालाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै शिक्षक थापालाई रु दश हजार राशीको पुरस्कार प्रदान गरिएको हो । शिक्षण पेशामा प्रवेश गर्नुअघि तत्कालीन गाविस सचिव पदमा कार्यरत शिक्षक थापा वि.सं. २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागिरबाट बर्खास्त हुनुभएको थियो । शहीद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी शिक्षक थापालाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभएको छ । शहीद मनोज जोशीको ३४ औँ स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कृत शिक्षक थापा...

एसइईमा नगर उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार, समाज
खोटाङ, २१ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याएर नगर प्रथम हुने विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा लागेको नगरपालिकाले शनिबार दिक्तेलमा आयोजना गरिएको शिक्षा सम्मेलन समापनको अवसर पारेर विद्यार्थी र विद्यालयलाई नगदसहित सम्मान गरेको हो । शैक्षिकसत्र २०८१ को एसइईमा सरस्वती माध्यमिक विद्यालय दिक्तेलका छात्रछात्रा दुवैमा नगर प्रथम, द्धितीय र तृतीय भएका छन् । नगर प्रथम, प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई नगद रु २५ हजार रु १५ हजार र रु दश हजारको साथमा सम्मानपत्र प्रदान गरिएको नगर शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिनुभएको छ । छात्रतर्फ समान जीपीए ल्याएर सरस्वती मावि दिक्तेलका जोमिन गुरुङ र अनुपम आचार्य तथा छात्रातर्फ ३.७६ जीप...

हलेसी तुवाचुङमा नगर उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, १७ असार । हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको परीक्षमा उत्तिर्ण हुँदै नगर हुने प्रथम विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियानमा जुटेको नगरपालिकाले शैक्षिकसत्र २०८१ को एसइई तथा कक्षा–४ देखि ९ सम्म सञ्चालन गरिएको नगरपालिकास्तरीय वार्षिक परीक्षामा उत्कृष्ट जिपिए ल्याएर नगर प्रथम हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको हो । एसइईमा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुँदै नगर प्रथम हुने छात्रछात्रालाई समानरुपमा नगद रु ५०÷५० हजार तथा द्धितीय हुनेलाई रु २५÷२५ हजार पुरस्कार प्रदान गरिएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । प्रवक्ता गिरीका अनुसार एसइईमा छात्रतर्फ लक्ष्मी मावि बडहरेका गणेशकुमार दाहालले ३.५३ जिपिए ल्याएर नगर...