Saturday, August 1

शिक्षा

युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पसको अध्यक्षमा आयुश राई

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, २७ जेठ । युवा रेडक्रस सर्कल दिक्तेल बहुमुखी क्याम्पस खोटाङको अध्यक्षमा आयुश राई चयन हुनुभएको छ । दिक्तेल बहुमुखी क्याम्पसको बि.ए. दोस्रो वर्षमा अध्ययनरत राईलाई युवा रेडक्रस सर्कलको अध्यक्षमा सर्वसम्मत् चयन गरिएको हो । सर्कलको उपाध्यक्षमा सपना नेपाली, सचिवमा विजय खड्का, सह–सचिवमा भिषण कार्की र कोषाध्यक्षमा लक्ष्मी भट्टराई चयन हुनुभएको छ । क्याम्पसमा मङ्गलबार भएको भेलाले गठन गरेको ११ सदस्यीय सर्कलका सदस्यहरुमा सपना फुयल, अनुशिल राई, विपना पोखरेल, तुलशा निरौला, चन्द्रकला मगर र युवराज खड्का रहनुभएको छ । युवा सर्कलको शिक्षक नायकमा नइन्द्रकुमार खत्री र सहनायकमा सुवाशचन्द्र राई रहनुभएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका कोषाध्यक्ष एवम् दिक्तेल बहुमुखी क्याम्पसका सहप्राध्यापक लीलाबहादुर खत्रीको उपस्थितिमा युवा रेडक्रस सर्कल पुनः गठन गरिएको हो ।...

वैदेशिक रोजगारीले शहर केन्द्रित बसाइँ सर्नेक्रम बढ्दो

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
–रामधन राई खोटाङ, २४ जेठ । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै गाउँबाट बसाइँ सर्नेको सङ्ख्या पनि बढ्दो रहेको छ । वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको कारण शहर केन्द्रित बसाइँ सर्नेको सङ्ख्या बढिरहेको पाइएको हो । रेमिट्यान्सकै कारण विशेषगरी शिक्षा तथा स्वास्थ्यको सुविधा खोज्दै बसाइँ सर्ने गरेका छन् । वैदेशिक रोजगारीमा जाने घरपरिवारका बालबच्चालाई गुणस्तरीय शिक्षा दिलाउने बहानामा सदरमुकाम लगायतका शहर बजारमा बसाइँ सर्ने मानिसको सङ्ख्या उल्लेख्य भेटिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सञ्चालित निजी विद्यालयहरुमा प्रायः गाउँबाट आएका बालबालिकाहरु बढी अध्ययन गर्ने गर्दछन् । वैदेशिक रोजगारीमा गएका परिवारको प्रायः सबै जसो बालबच्चाहरुलाई निजी विद्यालयहरुमा पढाउने गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेल...

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पसको अध्यक्षमा रविन सुनुवार

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, शिक्षा, समाचार
खोटाङ, २३ जेठ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस खोटाङको अध्यक्षमा रविन सुनुवार चयन हुनुभएको छ । सङ्गठनमा आस्था राख्ने प्राध्यापकहरुको शुक्रबार भएको भेलाले सुनुवारलाई क्याम्पस इकाई समितिको अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिको सचिवमा श्यामकुमार राई र कोषाध्यक्षमा कल्पना राई चयन हुनुभएको छ । सदस्यहरुमा कृष्ण गुरुङ, बेदीकुमार राई, चित्रकुमार सुवेदी, लक्ष्मीकुमार राई र सुवाशचन्द्र राई रहनुभएको छ । क्याम्पस इकाई समितिको सल्लाहकारमा हर्कवीर राई र पदम विष्ट रहनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय महासचिव तीलक केसीको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय सदस्य दीपक पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन खोटाङका अध्यक्ष भवकृष्ण ढ...

मनसुनजन्य विपद् प्रतिकार्यका लागि संयुक्त उद्धार टोलीद्धारा अभ्यास प्रदर्शन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, २० जेठ । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले मनसुनजन्य प्राकृतिक विपत्तिमा परेका जिल्लावासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने उद्देश्यले दिक्तेलमा उद्धारसम्बन्धी अभ्यास (डेमोष्ट्रेशन) प्रदर्शन गरेको छ । नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक खोटाङको नेतृत्वमा आज (मङ्गलबार) साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित दिक्तेल–आहाले–खानीडाँडा सडकखण्डमा पर्ने खोँचमा संयुक्त अभ्यास प्रदर्शन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङद्धारा गठित संयुक्त उद्धार टोलीले मनसुनजन्य विपद्को समयमा पहिरो, खोँच तथा खोलामा फसेका सर्वसाधारणको उद्धार, प्राथमिक उपचार तथा स्वस्थ्य संस्थासम्म पु¥याउन अपनाइने विधिका बारेमा अभ्यास प्रदर्शन गरेका छन् । नेपाली सेना, जनपद प्रहरी तथा सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुक्त उद्धार टोलीले अभ्यास प्रदर्शन गरेका हु...

महुरेगढी प्राविधिक शिक्षालयका पूर्वप्रमुख पौड्यालको स्मृतिमा प्रतिमा निर्माण

गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, १९ जेठ । सुनकोशी नदीमा गाडी खस्दा ज्यान गुमाउनुभएका महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय खोटाङका पूर्वप्रमुख इन्जिनियर भानु पौड्यालको स्मृतिमा उहाँको प्रतिमा निर्माण गरिएको छ । वि.सं. २०८० जेठ–१९ गते काठमाडौँबाट खोटाङस्थित नुनथलामा सञ्चालित महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको कार्यालय आउनेक्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित लौकुनमा गाडी पल्टिएर सुनकोशीमा खस्दा ज्यान गुमाउनुभएका प्राविधिक शिक्षालयका पूर्वप्रमुख इन्जिनियर पौड्यालको स्मृतिमा उहाँको अर्धकदको प्रतिमा निर्माण गरिएको हो । महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालयको अनुगमन तथा योजना निर्माणको सिलसिलामा बा १ झ ७४६७ नम्बरको गाडी चढेर खोटाङ आउनेक्रममा पौड्यालसहित सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक कृष्णबहादुर केसी र योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल गाडी दुर्घटनामा पर्नुभएको थियो । दुर्...

साढे चार करोडमा बनाइएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, १६ जेठ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले १५ कोठे प्रशासनिक भवन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको रु चार करोड ५० लाख लागतमा चार वर्ष लगाएर निर्माण गरिएको विद्यालयको प्रशासनिक भवन सञ्चालनमा ल्याइएको हो । मन्त्रालयले आर्थिक वर्ष २०७६÷०७७ मा रु एक करोड ५० लाख, आर्थिक वर्ष २०७७÷०७८ मा रु एक करोड, आर्थिक वर्ष २०७८÷०७९ मा रु एक करोड र आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड उपलब्ध गराएको थियो । मन्त्रालयको नमूना विद्यालय विकास कार्यक्रम अन्तरगत निर्माण गरिएको भवन विद्यालयको ७७ औँ स्थापना दिवस तथा ७६ औँ वार्षिक उत्सवको अवसर पारेर बिहीबार संविधानसभा सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गर्नुभएको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि क्रमागत योजनाको रुपमा शौचालयसहितको विद्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण...

दम्कुवासीको एकता : सामुदायिक विद्यालयलाई बनाए चन्दा उठाएर पूर्ण आवासीय

गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार, समाज
खोटाङ, २ जेठ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोवास छ । एक घर तामाङ र ७९ घर राई जातिको बसोवास रहेको दम्कुमा हरेक सामाजिक काम सबै एकतावद्ध भएर गर्दै आएका छन् । सानातिना विकासे कामको लागि सरकारको मुख नताक्ने बानी परेका उनीहरुको बीच गाउँमा कालिका आधारभूत विद्यालय सञ्चालनमा छ । कक्षा–८ सम्म अध्ययन÷अध्यापन हुने यस विद्यालयमा यो शैक्षिकसत्रका लागि ६२ जना विद्यार्थी भर्ना भएका छन् । गाउँपालिकाबाट यसै वर्ष कक्षा–८ सम्म सञ्चालनको अनुमति पाएको विद्यालयमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई सँस्कारसहितको गुणस्तरीय तथा व्यवहारिक शिक्षा उपलब्ध गराउन कसिएका छन् । वि.सं. २०३६ सालमा स्थापना गरिएको यस विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा–२ सम्म अङ्गेजी माध्यमको पढाइ हुन्छ । विद्यार्थी अभावमा बाह्र वर्षअघि दुईवटा प्राथमिक तहको विद्यालय समायोजना गरेर सञ्चालन गरिएको क...

शिक्षक आन्दोलनको प्रभाव : वैशाख–१५ गतेबाट दिक्तेल बजारमा हुने बृहत् महोत्सव १२ दिनपछि सारियो

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, मनाेरञ्जन, शिक्षा, संगीत, समाचार, समाज, साहित्य
खोटाङ, ९ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ शिक्षक आन्दोलनका कारण प्रभावित भएको छ । यही वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा सञ्चालन गर्न लागिएको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित भएको हो । वैशाख–१५ गतेदेखि गर्ने तयारी गरिएको महोत्सव शिक्षक आन्दोलनका कारण प्रभावित हुने भएपछि १२ दिनपछि वैशाख–२७ गतेबाट शुरु गर्नेगरी सारिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “महोत्सवको प्रमुख उद्देश्य भनेको व्यवसायिक खेलाडी उत्पादन गर्दै खेलकुदको माध्यमबाट जिल्लाको प्रर्यटन प्रवद्र्धन गर्नु हो । हामीले आयोजना गर्ने महोत्सवमा सहभागी हुने अधिकांश खेलाडी विद्यालयमा छन् । शिक्षक आन्दोलनका कारण अ...

दिक्तेल बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबहादुर राई नियुक्त

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, २ वैशाख । दिक्तेल बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबहादुर राई नियुक्त हुनुभएको छ । क्याम्पस सञ्चालक समितिको गत चैत–३० गते बसेको बैठकले वैशाख–१ गतेदेखि लागू हुनेगरी राईलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । वि.सं. २०५२ सालदेखि नियमित प्राध्यापन गर्दै आउनुभएका नवनियुक्त क्याम्पस प्रमुख राईले आज (मङ्गलबार) औपचारिक रुपमा पदभार ग्रहण गर्नुभएको छ । वि.सं. २०३७ सालमा स्थापना भएको दिक्तेल बहुमुखी क्याम्पसको नवनियक्त क्याम्पस प्रमुख राई छैटौँ क्याम्पस प्रमुख हुनुभएको हो । पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवनियुक्त क्याम्पस राईले क्याम्पसको चौतर्फी विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभएको छ । “शैक्षिक संस्थाको प्रमुख भएकोले सबैभन्दा पहिलो प्राथमिकता शैक्षिक गुणस्तर सुधारमा मेरो ध्यान केन्द्रित हुन्छ । शैक्षिक गुणस्तर सुधारसँगै भौतिक पूर्वाधार विकासमा समेत ध्या...

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका तीन हजार २२६ विद्यार्थी सहभागी हुँदै

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, शिक्षा, समाचार
खोटाङ, ६ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा खोटाङका १०४ वटा माध्यमिक विद्यायबाट तीन हजार २२६ जना विद्यार्थी सहभागी हुँदैछन् । चैत–७ गते (भोलि)देखि देशभर एकैसाथ शुरु हुने एसइई परीक्षाका लागि खोटाङमा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । साधारणधार र प्राविधिकधार गरी दुईथरीका पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थी सहभागी हुने परीक्षामा साधारधारतर्फ दुई हजार ४८३ जना विद्यार्थी रहेका छन् । यस्तै, प्राविधिकधारतर्फ नियमित १७२ जनामात्र परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख तीर्थबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ । साधारणधारतर्फ ग्रेड वृद्धि गर्नेमा ५७१ जना विद्यार्थी रहेका छन् भने, प्राविधिकधारतर्फ एकजना पनि नरहेको जनाइएको छ । जिल्लाका ९८ वटा सामुदायिक तथा छवटा निजी माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरिएको इकाई ...