Wednesday, September 16

समाज

‘मलाई बचाउनु दाइ’ भनेर दाजुलाई म्यासेज लेखेका हरिप्रसाद पाँच दिनदेखि सम्पर्कविहीन

अर्थ, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, प्रवास, समाचार, समाज
खोटाङ, ६ साउन । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन हुनुभएको हो । सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहनुभएका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ । “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक)लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरु सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ । काठमाडौँको स...

त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला : अधिकांश दर्शनार्थी भारतीय नागरिक

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, पर्यटन, समाचार, समाज
खोटाङ, ५ साउन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आज (सोमबार)बाट शुरु भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ । बोलबमको अवसर पारेर हलेसीमा लगाइएको महिनादिने मेला भर्न आएका गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामुहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदल यात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएका छन् । मेलाको पहिलो दिन (आज) १२ हजार ४७५ जना दर्शनार्थी तथा भक्तजनले हलेसी मन्दिरको दर्शन गरेको हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभएको छ । “हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन् । उनीहरुमध्ये अधिकांशले आफ्नै सवारी साधन प्रयोग गरेर आउने गगरेका छन्...

मोबाइल चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर २५ वर्षीया महिलाको मृत्यु

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, सूचना प्रविधि
खोटाङ, ३१ असार । बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । गएराति साढे ९ बजेतिर आफ्नै घरमा चार्ज गरिराखेको मोबाइल फोन चार्जबाट छुटाउनेक्रममा करेन्ट लागेर गम्भीर घाइते बन्नुभएकी इन्द्राको गएराति नै मृत्यु भएको हो । करेन्ट लाग्ने बित्तिकै बेहोस बन्नुभएकी इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै घटनास्थलमै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिनुभएको छ । “राति पानी परिरहेको थियो । नजिकमा एम्बुलेन्स थिएन”, उहाँले भन्नुभयो, “एम्बुलेन्स खोज्दाखोज्दै करिब दश बजेतिर इन्द्राको मृत्यु भयो । करेन्ट लागेर इन्द्राको मृत्यु भएलगत्तै प्रहरीलाई खबर गरेर घटनास्थल सुरक्षित राखेका छौँ ।” घटनाको बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक...

साकेलालाई वातावरणमैत्री पालिका बनाउन बिरुवा रोप्ने अभियान

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, ३० असार । साकेला गाउँपालिकाले वृक्षरोपण अभियान सुरु गरेको छ । जिल्लाकै सबैभन्दा सानो (पाँच वडा रहेको) यो गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले सडक किनारा, विभिन्न पार्क (उद्यान), सामुदायिक विद्यालय, वडा कार्यालय तथा स्वास्थ्यसंस्थाहरुमा वृक्षरोपण कार्य सुरु गरिएको हो । गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा गाउँपालिकाभित्र पर्ने सबै वडाका स्थानीयवासी, कर्मचारी तथा जनप्रतिनिधिको टोलीले विभिन्न प्रजातिका बिरुवा रोप्न थालेका छन् । अभियानको पहिलो दिन सोमबार वडा नं. २ रतन्छास्थित साकेला पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । वातावरणीय रुपमा भूगोल र माटो सुहाउँदो प्रकारका ज्याकारअण्डा, धुपी, कल्की, अशोका, क्रिष्मश ट्री, लालीगुराँस लगायतका बिरुवा रोप्न सुरु गरिएको गाउँपालिका प्रवक्ता एवम् वडा नं. ५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानक...

सिचाइँ योजनामा उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र निर्माण व्यवसायी सम्मानित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, ३० असार । जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय खोटाङले आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने दुईवटा उपभोक्ता समिति र एकजना निर्माण व्यवसायीलाई सम्मान गरेको छ । सिचाइँ प्रणालीको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सञ्चालित टुकुरेखोला भस्मे दोभान सिचाइँ जल उपभोक्ता समितिका अध्यक्ष कर्ण राय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सञ्चालित डल्ले खोला टारी कुसुङ्खा जल उपभोक्ता समितिका अध्यक्ष कवित राई तथा लक्ष्मी एण्ड निर्मला कन्स्ट्रक्सन प्रा.लि.का प्रतिनिधि टीकाराम श्रेष्ठलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित १५७ वटा योजनामध्ये उत्कृष्ट काम गर्ने दुईवटा उपभोक्ता समिति र एकजना निर्माण व्यवसायी छनोट गरेर उनीहरुलाई सोमबार सम्मान गरिएको डिभिजन प्रमुख डा. महेश यादवले जानक...

जन्तेढुङ्गा गाउँपालिकाले फलायो बाँझो जमिन फोरेर छ हजार केजी आलु

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, राजनीति, समाचार, समाज
खोटाङ, २९ असार । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा उपलव्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो । गाउँपालिकाले वडा नं.–४ डम्बर्खुशिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो जमिन फोरेर गत फागुनमा आलु खेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार–१२ गतेदेखि असार–२७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिनुभएको छ । बाँझो जमिन उपयोग गरेर उत्पादन गरिएको आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञचालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा ...

चन्दा सङ्कलन गरेर प्रहरी चौकी बुइपामा सिसी क्यामेरासहित कार्यालय व्यवस्थापन

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २६ असार । स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा रहेको प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् । प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताहरुबाट स्वेक्षिकरुपमा सङ्कलन भएको रु १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्पान समितिमार्फत सिसी क्यामेरा जडान, प्रतिक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो । चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रमकमध्ये रु दश लाख सात हजार ४९७ रकम सामान खरिद तथा जडानमा खर्च भएको प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिनुभएको छ । जसमा वडा नं. १४ र १५ बाट आगामी आर्थिक वर्षको बजेटबाट रु दुई लाख ११ हजार १११ जम्मा हुन बाँकी रहेको र समितिको खातामा नगद रु २५ हजार ८५८ रहेको जनाइएको छ । प्रहरी चौकी बुइपामा चन्दा सङ्कलनबाट खरिद गरिए...

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जना लाभान्वित

कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज, स्वास्थ्य
खोटाङ, २६ असार । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १५८ जना नागरिक लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले अर्खौले बजारमा आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न वडाबाट आएका ८४ जना महिला र ७४ जना पुरुषगरी १५८ जना नागरिक लाभान्वित भएका हुन् । रणभीम गण मुडे ब्यारेकका गणपति प्रमुख सेनानी (कर्नेल) केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोली निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको छ । निःशुल्क स्वास्थ्य शिविरका लागि जिल्ला अस्पताल खोटाङले विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी तथा औषधि उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय र नेपाली सेनाले व्यवस्थापनको जिम्मा लिएको थियो । नागरिक र नेपाली सेनाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै बिपन्न समुदायमा जन्मिएका नागरिकलाई गाउँमै निःशु...

रहरले सुरु गरेको फूल खेतीले व्यवसायी बन्दै दिक्तेलकी सविना राई (कसजू)

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २५ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई (कसजू)ले फूलको खेती सुरु गर्नुभएको दुई वर्ष भयो । सुरुमा घर तथा करेसाबारी सजाउने उद्देश्यले रोप्नुभएको सविनाको फूलको नर्सरीमा अहिले १०० वटाभन्दा बढी प्रजातिका फूलका बिरुवा हुर्किरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘सहयोगी पुष्प नर्सरी’ नामको फर्म दर्ता गरेर व्यवसायिक पुष्प खेती सुरु गर्नुभएकी सविनाको नर्सरीमा रु १५० देखि रु दुई हजार ५०० सम्मका फूलका बिरुवा छन् । बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डल लगायत विभिन्न प्रजातिका फूलका बिरुवा छन् । नर्सरीमा उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका...

खोटाङमा ५६ दशमलव ८९ प्रतिशत खेतमा धान रोपाइँ सकियो

अर्थ, कृषि, कोशी प्रदेश, गृह पृष्ठ, ताजा समाचार, समाचार, समाज
खोटाङ, २३ असार । दश हजार १८ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने खोटाङमा हालसम्म ५६ दशमलव ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारी अनुसार असार–२२ गतेसम्ममा जिल्लाका दशवटै स्थानीय तहमा गरी पाँच हजार ७८ हेक्टर खेतमा धान रोपाइँ सम्पन्न भएको हो । जिल्लामा सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा ८५ प्रतिशत तथा सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा २५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवाणी विकास अधिकारी रवीन राईले जानकारी दिनुभएको छ । राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६५, हलेसी तुवाचुङ नगरपालिकामा ७०, जन्तेढुङ्गा गाउँपालिकामा ५०, बराहपोखरी गाउँपालिकामा ६०, खोटेहाङ गाउँपालिकामा ४५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५, साकेला गाउँपलिकामा ६५ र ऐसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष...